– शम्भू माली
कपिलवस्तु २२ चैत । भारतका लागि नवनियुक्त राजुदत दिपकुमार उपाध्यायलाई गृह जिल्लामा भब्य नागरिक अभिनन्द गरिएको छ । नेपाल नागरिक समाजले तौलिहवामा उपाध्यायलाई एक समारोहकाबीच अभिनन्द गरेको हो ।
सो अवसरमा राजदुत तथा पुर्व पर्यटन तथा अर्थराज्य मन्त्री उपाध्यायले कुटनीतिक मर्यादा भित्र रहेर आफुले नेपाल र भारतको संबन्ध अझ प्रघाढ बनाउन समन्वयकारी भुमिका खेल्ने बताउनुभयो ।
भारतीय पक्षबाट बिभिन्न क्षेत्रमा गरिने लगानी बढाउन, द्धिपक्षीय समस्या समाधान गरी समग्र देशको पर्यटीय विकासकालागि आफ,ुले सक्दो पहल गर्ने उहाले बताउनुभयो ।
बिशेष गरी नेपाल र भारतका बुद्धस्थलको पर्यटक स्थललाई एकआपसमा जोडनकालागि ठोस कदम चाल्ने भन्दै हुलाकी सडक, मर्यापुरमा ठुलो भन्सार नाका, भारतीय संरचनाका कारण हुने डुवानका बिषयमा समेत छलफल गर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा सभासद सुरेन्द्रराज आचार्यले बिगतको राजनीतको अनुभवको भरपुर उपयोग गरी दुई देश बिच ठोस सम्बाद थाल्न आग्रह गर्नु भएको थियो । ‘भारतीय पक्षसंग संबाद थालेर देशमा बाझिएको गाठो फुकाउन उहासंग आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।
युवराज केसीको अध्यक्षता र भक्तिराम पन्थीको संचालनमा भएको कार्यक्रममा राजेश आचार्य, सुधारकर पाण्डेय, स्थानीय विकास अधिकारी जगन्नाथ पन्त, कालीपद शर्मा, बिशंभरनाथ शुक्ल, प्रकाश घिमिरे, बनारसी बर्मा, रउफ अहमद खाँ, राजेन्द्र पाण्डेय लगायले सफल कार्यकालको शुभकामना मन्तब्य दिनु भएको थियो ।
यस अघि शनिवार बिहान तौलिहवास्थित नारी शील्पकला केन्द्रले समेत राजदुत उपाध्यायलाई अभिनन्दन गरेको थियो ।















प्रतिक्रिया