३ कार्तिक २०८३, मंगलबार

हुरी बतासले महिलाको ज्यान गयो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, २२ चैत । शनिबार साँझ आएको हुरी बतासले रुखको हाँगा भाँच्चिएर खस्दा सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ ।

पाल्चोक गाविस–४ निवासी ४७ वर्षीया बुदुमाया तामाङलाई आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै रहेको उत्तिसको हाँगा भाँच्चिएर टाउकोमा लागेको र उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हुरी बतासकै कारण विद्युत् तारलाई असर पु¥याएपछि शनिबारदेखि जिल्लाभरि नै विद्युत् आपूर्ति बन्द छ । रासस