२९ आश्विन २०८३, बिहिबार

शिव परियारले मोडललाई ‘बाँचुञ्जेल तिमीलाई माया गर्छु’ भनेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_0033  झापा, २२ चैत । पूर्वाञ्चलमा पनि म्यूजिक भिडियो निर्माण हुने क्रम पछिल्लो समयमा बढेको छ ।

युवापुस्तामा मोडलिङको क्रेज बढेसँगै म्यूजिक भिडियो निर्माण हुने क्रम बढेको हो । नवउदयमान गायकदेखी चलेका गायकहरुको समेत म्यूजिक भिडियो पूर्वमा बन्न थालेको छ ।

IMG_0043गायक शिव परियारको ‘थाहा छ मलाई ए प्रिय पक्कै एक दिन मर्छु, त्यसैले त बाँचुनञ्जेल तिमीलाई माया गर्छु’ बोलको गीतको म्यूजिक भिडियो पूर्वमा खिचिएको छ ।

बालन्द राईको संगित र तेजेन्द्र विवशको शब्द रहेको गीतको भिडियो झापाको विर्तामोडस्थित सालबारी सीमसार, सुरुङ्गाको जामुनखाडी, दमकको चिया बगान लगायत पर्यटकीय तथा रमणीय स्थलहरुमा छायांकन गरिएको छ । भिडियो पूर्वका छायांकार विवेक हिङमाङले खिचेका हुन् भने शिव सेन्चुरीले निर्देशन गरेका हुन् ।

IMG_0064बैशाख पहिलो हप्ताभित्रै भिडियो सार्वजनिक गरिने निर्देशक सेन्चुरीले बताएका छन् । भिडियोमा पूर्ण सिंगक लिम्बु, भविन लाम्गादे र मेनुका धिमालको अभिनय रहेको छ ।

आधा दर्जन भिडियो छांयाकार हिङमाङ भन्छन्-‘पूर्वमा पनि स्तरीय म्यूजिक भिडियोहरु निर्माण हुने क्रम बढेको छ ।’
– प्रस्तुती/सरोज बस्नेत