– विनोद ढकाल
सत्याग्रहको आन्दोलनमा भगवान ठानिएका डाक्टरहरुले अस्पतालमा सेवा बन्द गराएर क्लिनिकमा महँगो शुल्क लिएको यथार्थको विरोधी हुँ म । यसको विरोध हरहमेसा म गरिरहन्छु, चाहे दर्जन डा केसीहरु सत्याग्रहमा बस्दा जनतालाई सेवा बन्द गरी आदर्शको कुरा गर्ने हुल बलियो होस् । म यसलाई हिंसात्मक आन्दोलनको नाम दिन्छु, किनभने हिंसाका लागि गोली, बम बारुदमात्रै चाहिन्न, जनताको बाँच्न पाउने अधिकार कुण्ठित गर्ने एप्रोनधारीहरु जब आन्दोलनका नाममा जनतामारा निर्णयमा पुग्छन् । यसको बचाउ कुनै मुल्यमा गर्न सकिँदैन ।
मेरा लेखसँग असहमति राख्ने, डा केसीको आन्दोलनको अन्धभक्त समर्थन गर्ने हज्जारौं डाक्टरलाई सोध्न चहान्छु, विकट जिल्लामा गएर काम गर्छु भनेर तपाई डाक्टरसाबहरुले सरकारसँग सरुवा कति माग्नुभएको छ ? कति निवेदन दिनु भएको छ ? डा केसीको कर्मको झोलाभित्रको यथार्थमा उभिएर आफ्नो आङ् कन्याउनु ठूलो कुरा होइन ।
















प्रतिक्रिया