काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार काण्डमा २३ जनाविरुद्ध मुद्दा दायर गरेपनि तत्कालिन पर्यटनमन्त्रीलाई भने जोगाएको छ ।
पर्यटन बोर्डको पदेन सदस्य रहँदा बैठकमा सहभागी भएकै आधारमा पर्यटन मन्त्रालयका तत्कालिन सचिवहरु शरदचन्द पौडेल तथा रञ्जनकृष्ण अर्यालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर तत्कालिन पर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भने अख्तियारले अनुसन्धानमा तानेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा भन्दै पर्यटन मन्त्रालयका तत्कालिन सचिवहरुसहित २३ जना उच्च अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपनि मन्त्रीलाई नै उन्मुक्ति दिनुले प्रश्न उब्जिएको छ ।
















प्रतिक्रिया