– सन्दिप भट्ट
चितवन, २२ चैत । गत फागुनमा विमोचन गरिएको आधुनिक गीती ‘स्वर्णीम सपना’ प्रमोसनका लागी चितवन आइपुगेका संगीतकार अर्जुन पोखरेलले गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।
एल्बमका गीतकार देवल भण्डारीले चर्चित युवा संगीतकार अर्जुन पोखरेल मार्फत गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् । पूर्वी चितवनको मंगलपुरमा रहेको केन्द्रका प्रमुख केपी किरण शर्मालाई संगीतकार पोखरेलले १० हजार १ सय ५ रुपैंया हस्तान्तरण गरे ।
संगीतकार पोखरलले उपलब्ध गराएको पैशाले मन्दिर निर्माणार्थ खर्च गर्ने वताए । केन्द्रमा सरस्वती र दुर्गाको मन्दिर निर्माण गरीरहेकोे वताउदै शर्माले हाल केन्द्रमा ८५ जना बालबालीका आश्रीत रहेको बताए ।
केन्द्र स्थापना भएपछि २६२ जनालाले आश्रय पाएको वताउदै केन्द्रका प्रमुख शर्माले अवको ५ बर्ष भित्रमा १ हजार चेपाङ वालवालीकालाई शिक्षा दिई चेपाङको जीवनस्तर उकास्न सहयोग गर्ने बताए ।
संगीतकार पोखरलेले सो सहयोग एल्बमका गीतकार देवल भण्डारी र एल्बम स्वणिर्ण सपनाको तर्फबाट भएको बताए । गीतकार हाल अष्ट्रेलियामा रहेकाले आफु सहयोगको माध्यम मात्र बनिदिएको उनको भनाई थियो ।
उनले हाल गीतसंगीतको अवस्था धरासायी भए पनि यसरी सहयोग गर्न पाउदा अत्यन्त खुशी लागेको संगीतकार पोखरेलले बताए ।
सिआरविटी रोकीएर कलाकारलाई अफ्यारो परेको अवस्थामा पनि यसरी सामाजीक कार्य गर्न पाउदा खुसी लागेको वताए ।
अष्ट्रेलियामा रहेका गितकार देवल भण्डारीले फोनवाट कुराकानी गर्दै सहयोग गर्न पाएकोमा खुसी ब्यत्त गरे ।
गीतकार तथा निर्माता भण्डारीले संगीतको क्षेत्रमा मात्रै नभएर आफुले सामाजिक कार्यसंगै अगाडी बढ्ने वताए । एल्वममा भारतीय चर्चित गायक गायिकाको स्वरले भरिएको छ । अर्जुनले एल्बमका सबै गीत मुम्बई गएर रेकर्ड गराएका हुन् ।
एल्बममा उदित नारायण झा, महालक्ष्मी, आभाष, अभिजित, साधना सरगम लगायत बलिउडमा स्थापित संगीतकारको स्वर रहेको छ ।
सर्माएर लजाएर, दुँनियाको नजरमा, शब्द शब्द लेखु म, कुन बेला आईबस्यौ, दुनियाको नजरमा, भाकल गरेर माया लगायत बोलका ७ गीत समेटिएका छन् । एक गीत चलचित्र लक्षका लागी दिईने भएको संगीतकार पोखरेलले जानकारी दिए ।















प्रतिक्रिया