३ कार्तिक २०८३, मंगलबार

चुरोट, गुट्खा बिक्रीवितरणमा निषेध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lady-With-Cigaretteभीमदत्तनगर, २२ चैत । डडेल्धुरा जिल्लामा धूमपानजन्य पदार्थ खुला रुपमा बिक्री वितरणमा रोक लगाएको छ ।

किराना पसलसहित होटलमा विभिन्न किसिमका गुट्खा, सुर्ती, चुरोट खुल्ला रुपमा बिक्री वितरणमा रोक र तिनको बिक्री वितरण नियन्त्रणको अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको सहायक प्रजिअ करुणाकर अवस्थीले बताउनुभयो ।

बजार अनुगमनका क्रममा व्यापारीले खुला रुपमा धूमपानजन्य पदार्थ बिक्री वितरण गरेको पाइए जरिवाना गरिने अवस्थीको भनाइ छ । यसैगरी सार्वजनिकस्थलमा धूमपान गरेको भेटिएमा प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्नेसमेत जनाएको छ ।

सरकारले करिब दुई वर्ष पहिले नै सार्वजनिक स्थानमा धूमपानजन्य पदार्थ खुला रुपमा बिक्री वितरणमा रोक लगाए पनि कार्यान्वय हुन नसक्दा सार्वजनिक रुपमा सेवन तथा बिक्री वितरण हुँदै आएको छ । रासस