२९ आश्विन २०८३, बिहिबार

कुकरसँग नायिका प्रियंकाका कार्कीको मस्ती, भन्छिन् – ‘मेरो मुटु यही हो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Priyanka-Karki

काठमाडौँ । भनिन्छ, कलाकारहरु भावनामा बग्छन् । नेपाली फिल्मकी चल्तीकी नायिका प्रियंका कार्कीको कुकुरप्रतिको यस्तो प्रेम दर्शाएकी छिन् कि उनले आफ्नो घरमा पालेको स्नोइ नामको कुकुरलाई मेरो मुटु भनेर फेसबुकमार्फत फोटो सार्वजनिक गरेकी छिन् । अझ त्यतिमात्र होइन्, स्नाइकै नाममा लामो लेखसमेत लेखेकी छिन् ।

हेर्नुस् उनको लेख उनकै शब्दमा अनि फोटो फिचरपनि:

समाजमा बसेर सबै भन्दा ठूलो समाजसेवा भनेको “आफु सक्षम हुनु हो”, “आफै गरि खानु हो”, “आफुलाई नै सबल बनाउनु हो”, “काम गर्नु हो” अनि त समाज आफै बन्छ। म सक्षम छु र आफै काम गरेर खान्छु, कसैको भर पर्दिन।

आनी छोईङको गीतले ठीकै भनेको हो “फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार”

यदि संसारमा नराम्रै मात्र चिज खोज्ने हो भने हरेक कुरा नराम्रो नै देखिन्छ तर सकारात्मक सोचले भने सबै राम्रै भेट्छ। माया जहाँ र जुन चिजमा पनि हुनसक्छ, बस्न सक्छ। चाहे त्यो पशु होस या मान्छे या बोट-बिरुवा नै। मनै त हो, अब यसलाई किन गरिस, उसलाई किन गरिनस भन्नु?

आज भात किन खाईस, संसारमा कती भोको छन् भन्दै भात खान छोड्नु? आज कपडा किन लगाईस, संसारमा कती नाङ्गै छन् भन्नु?

हैन, गर्नु, असहायहरुका लागि आफुले सक्दो गर्नु, भोका-नाङ्गाका लागि गर्नु तर यसको मतलब यो होईन कि, भोका छन् भनेर खानै नखाई बस्नु, नाङ्गा छन् भनेर नाङ्गै नै हिँड्न थाल्नु। आफुले सक्दो पो गर्ने हो त। म आफ्नो बर्कतले भ्याए सम्म सधैँ नै सामाजीक कार्यहरुमा आफुलाई लगाईराख्छु, चाहे त्यो बालबालिको लागि होस या अन्य कुराका लागि। “Celebrity” भनेर जुन उपाधी दिईएको छ (यहाँहरुले नै), त्यो संगै जिम्मेवारी पनि थपिन्छन् “social responsibility” जुन चाहेर नचाहेर आत्मसाथ गर्नै पर्छ तर त्यो भन्दैमा आफ्नो व्यक्तीगत जिन्दगी नै सबै त्याग्नु पनि होईन।

Snowie मसंग भएको अहिले चार वर्ष भयो। उ मेरा लागि संसारकै सबै भन्दा प्रिय र आत्मिय प्राणी हो। मेरो साथी हो। मेरो परिवार हो। साँच्चै भन्नु पर्दा आफ्नै बच्चा नै हो। कारण सामान्य छ; दिन, रात नभनी गरिने कामको थकान पछी घरसम्म पुग्दा मेरै लागि भनेर बस्ने उ मात्र एक पाउँँछु म, मेरो सारा दुख, पिडा अनि तनाव आदि हटाईदिने अनि मेरो अनुहारमा मीठो मुस्कान ल्याईदिने। अरु होस नहोस, उ मसंग सधैँ हुन्छे, आफ्ना कुरा सबै आँखैले बोल्छे अनि बसेर मेरा सारा दुख बुझे झैँ गर्छे। लुटपुटिन्छे ऊ, मानौँ उसका लागि म नै सबै हो। रिसाउँछे, घुर्की देखाउँछे, आँशु नै पनि झार्छे मैले थोरै झर्किँदा पनि। तर पनि ऊ मसंगै हुन्छे, सधैँ, मैले गाली नै गरे पनि, कती दिन छोडेर नै गए पनि। यो सब यस्तो किसिमको भावना हो, जुन अथाह माया अनुभव गरेकाहरुले मात्र बुझ्छन्, माया गरेकाहरुले बुझ्छन्, आफ्नै ठानेर निश्वार्थ अनि निरन्तर माया साट्नेहरुले मात्र बुझ्छन्।

म माया गर्ने मान्छे, सबैलाई माया गर्छु। फरक देख्दिन केही र कसैमा पनि। माया देखाएर र बुझाएर बुझिने चिज होईन, म बुझाऊन सक्दिन, गर्छु मात्र।

Priyanka-Karki1 Priyana-karkiPriyanka-Karki3Priyanka-Karki2