काठमाडौं, २१ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले दलाल, तस्करी, भूमाफिया र भ्रष्टचारीहरूको सूची तयार पारेको चेतावनी दिएको छ । उसले सूचीअनुसार ‘मास एक्सन’ गर्ने तयारी गरेको जनाएको हो ।
माओवादीको मध्य व्यूरो इन्चार्ज इश्वरीप्रसाद दाहाल असारे काकाले आफ्नो पार्टीको योजनाबारे शनिबार काठमाडौंमा खुलासा गरेका हुन् ।
कस्तालाई कारबाही ?
पार्टी निकट अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघको तेश्रो राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै दाहालले नयाँ सालको आगमनसँगै दलाल, तस्करी, भूमाफिया र भ्रष्टचारीमाथिको ‘मास एक्सन’ सुरू हुने जानकारी दिए ।
यसअघि लगानी बोर्डका डाइरेक्टर राधेश पन्तमाथिको सांकेतिक मास कारवाही भएको स्पष्ट गर्दै उनले अब सांकेतिक मात्र नभएर माससहितको कारवाही थाल्ने बताए ।
‘हाम्रो पार्टी कुनै दल विषेशलाई निशाना बनाउने कुनै योजना छैन, तर दलाल, तस्करी, भूमाफिया र भ्रष्टचारी जुनसुकै पार्टीमा हुन् उनीहरुका विरुद्ध छिट्टै मास एक्सन सरू हुन्छ’, दाहालले भने ।













प्रतिक्रिया