काठमाडौँ । कलाकार लोकगायक मौसम गुरुङ ‘दोष’ लिएर आएका छन् ।
लोक संचारकर्मी नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरी मौसमको लोक साङ्गतिक एल्वम दोषको विमोचन गरेको हो । क्वालिटी फ्लिम्सले बजारमा प्रस्तुत गरेको एल्वममा मौसम गरुङको स्वर तथा लय रहेको छ । सुमधुर केसीको शब्द रचना रहेको लोगगीतमा नवगायिका ललिता पौडेलले पनि स्वर भरेकी छिन् ।
बिमोचनका अवसरमा बोल्दै कार्यक्रमका सभापति एवं लोक संचारकर्मी नेपालका अध्यक्ष हरिवल्लभ नेपालले दोष एल्वम नेपाली लोकगीतको क्षेत्रमा उत्कृष्ट बनेर आउने विश्वास ब्यक्त गरे । ओरालो लागिरहेको लोक सांगीतिक क्षेत्रलाई मौसम गुरुङको पछिल्लो एल्वमले माथि उठाउन सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा गायक मौसम गुरुङ, नवगायिका ललिता पौडेल, क्वालिटी फ्लिम्सका प्रवन्धक उमेश गुरुङ लगायतले एल्वमप्रति आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अवसरमा क्वालिटी फ्लिम्स प्रालिले सांगितिक क्षेत्रका सर्जक तथा शुभेच्छुकहरुलाई कदरपत्रका साथ सम्मान गरेको थियो ।
















प्रतिक्रिया