– कमलराज भट्ट / विश्वास खड्काथोकी
गोविन्दप्रसाद उपाध्याय एपेक्स डेभलेपमेन्ट बैंकका सिइओ हुन् । तर उनको दिमागमा बैंक मात्र होइन, त्यो भन्दा अर्को कुरा पनि घुमिरहेको हुन्छ । त्यो हो गीत, संगीत । गीत त सबैले सुन्लान्, गोविन्दले भने लेख्छन् पनि । उनकै गीत हो, ‘कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको, कहाँ विसाउँ कता पुगाउँ कथा जिन्दगीको ।’ जुन अहिले चर्चामा छ ।
अब उनको मनमा गीतले यसरी बास गरेको छ कि, कहिल्यै पनि त्यसबाट उनी मुक्त हुन सक्दैनन् । उनी भावुक बन्छन्, ‘मरुञ्जेलसम्म सङ्गीतलाई निरन्तरता दिनेछु । बैंकको सिइओको जागिर निश्चित अवधिमा छोड्न सकिन्छ । तर सङ्गीतमा सास रहुन्जेल आश हुन्छ । जति बुढो भएपनि सिर्जना कोर्न छोड्दैन् ।’
















प्रतिक्रिया