३ कार्तिक २०८३, मंगलबार

अनुपम साङ्गीतिक साँझका लागि समाजसेवी पालिखेद्वारा ३ लाखको अक्षयकोष घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anupamपोखरा, २० चैत । गत वर्षदेखि सुरु भएको अनुपम साङ्गीतिक साँझको हरेक शृङ्खला सहज रुपमा सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले समाजसेवी वीरेन्द्र पालिखेले ३ लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ ।

अनुपम म्युजिक पोखराले आगामी २०७२को वैशाख २६ गते पोखरा उद्योग वाणिज्य सङ्घमा गर्न लागेको अनुपम साङगीतिक साँझ तथा स्रष्टा सम्मान कार्यक्रमका सन्दर्भमा आयोजना गरिएको छलफल तथा क्यालेन्डर विमोचन कार्यक्रममा आयोजक मूल समितिका सह-संयोजक तथा सहआयोजक तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष पालिखेले सो अक्षयकोषको घोषणा गर्नुभएको हो ।

सो रकमको ब्याजले हरेक वर्ष अनुपम साङ्गीतिक साँझ सहज रुपमा अघि बढ्ने र पैसाकै अभावमा नरोकियोस् भन्ने हेतुले आफूले अक्षयकोष स्थापना गरेको पालिखेले बताउनुभयो ।

सोही कार्यक्रममा संस्थाले प्रकाशन गरको नयाँ वर्ष २०७२को क्यालेन्डर पनि विमोचन गरिएको थियो । स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला र लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले संयुक्त रुपमा क्यालेन्डरको विमोचन गर्नुभयो ।

बाँस्तोलाले पोखराको साङ्गीतिक क्षेत्रमा गत वर्षको साङ्गीतिक साँझले महत्त्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै यस पटक पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो । सिक्ने व्रmम नसकिने बताउँदै बाँस्तोलाले आफ्नै विगतबाट पाठ सिकेर अघि बढ्न अनुपम म्युजिकलाई सुझाव दिनुभयो ।

कार्यक्रम संयोजक तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षता तथा सचिव रुपिन्द्र प्रभावी को सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकारहरु बद्रीविनोद प्रतीक, रीता पहारी, दीपेन्द्र श्रेष्ठ, रामभक्त जोजिजू, घनश्याम लामिछाने, पद्मराज ढकाल, अमृत सुवर्णकार, सुरेश रानाभाट, पत्रकार रुद्रबहादुर श्रीषलगायतले आफ्ना सुझाव राख्नुभएको थियो ।

साङ्गीतिक साँझमा पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारहरुको साङ्गीतिक तथा नृत्य प्रस्तुती तथा डा. कृष्णहरि बराललाई अनुपम म्युजिक अवार्ड, सङ्गीतकार वसन्त सापकोटा र गायक रामभक्त जोजिजूलाई अनुपम सङ्गीत सम्मान र समाजसेवी पद्मराज पौडेललाई अनुपम समाजसेवा सम्मान पनि प्रदान गरिने कार्यव्रmम संयोजक अनुराग अधिकारीले जानकारी दिनुभयो ।