३ कार्तिक २०८३, मंगलबार

दुधको पाकेटमा चुइगमको डल्लो भेटियो !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष काफ्ले
धरान, २० चैत । सुनसरीको हासपोसा स्थित तरहरामा रहेको कामधेनु दुग्धविकास सहकारी संस्था लिमिटेडबाट उत्पादित तथा वितरित आधा लिटर दुधको पोकामा अखाद्य बस्तु फेला परेको छ ।

विहान धरान-११ स्थित दुर्गाचोकको एक किराना पसलबाट लिएको आधा लिटर दुधको पोकामाअखाद्य बस्तु फेला परेको स्थानीय शिक्षकद्धय कृष्ण बस्नेत र फडिन्द्र थापाले बताए ।

उनीहरुकाअनुसार कामधेनु ब्राण्डको आधालिटरको दुधको पोका घरमा पु¥याएर चियासँग पिउनका लागि उमाल्दाउमाल्दै फाटेर एक भागपानी र बाँकीभाग मैदाको डल्लो जस्तो भएको थियो ।

दुध फाटेर बनेको अर्ध ठोस बस्तु चुइगम जस्तो तन्किने र सेतो रङ्गमा बदलिएको छ । आधा लिटरको दुध फाटेपछि बनेको उक्त अर्धठोस बस्तु करिव एक पावाको छ । पास्चाराइज गरिएको प्रशोधित दुधलाई बाक्लो र नफाट्ने बनाउन कुनै न कुनै रासायानिक पदार्थ वा मैदा वा आटा मिसाएको हुन सक्ने कृष्ण बस्नेत बताए ।

उनले भने, ‘विहानदुधपिउनभनेर उमालेको त अर्ध ठोस पो बन्यो ।’ सहकारीका अध्यक्ष समेत रहेका व्यबस्थापक बाबुराम खत्रीले दुधमा त्यस्तो अखाद्य बस्तु मिसाउने नगरेको दावी गरेपनि दुध उमाल्दाउमाल्दै किन त्यस्तो अर्ध ठोस बन्यो केही भन्न सकेनन् । उनले आफ्नो प्राविधिकलाई सोधेर जवाफदिने बताए ।

यसैबीच शुक्रवार उपभोता धरान ११ का कृष्ण वस्नेतले अखाद्य वस्तु सहितको दुधको प्याकेट इलाका प्रहरी काकार्यालय धरानका इन्स्पेक्टर मिलन भट्टराईलाई वुझाएका छन् । इन्सपेक्टर भट्टराईले आवश्यक अनुसन्धानको लागि गुण नियन्त्रण तथा खाद्य अनुसन्धान कार्यालय विराटनगर पठाइने वताए ।