१३ कार्तिक २०८३, शुक्रबार

संविधान बन्न ढिलाई हुनुमा विपक्षीकै हात छ : एमाले नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepalअछाम, २० चैत । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आउँदो जेठ १४ मा जसरी भए पनि संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

एमाले अछाम क्षेत्र नं २ कोे तेस्रो क्षेत्रीय अधिवेशन उद्घाटन गर्न अछामको कमल बजार पुग्नुभएका नेता नेपालले संविधान निर्माण प्रक्रियामा सत्तापक्ष हदैसम्म लचिलो भए पनि विपक्षी मोर्चाको ढिपीका कारण संविधान निर्माणको काम पछि परेको बताउनुभयो ।

संविधान निर्माणको विषय सबैको साझा एजेन्डा भएकाले सबै दलले आ–आफ्ना अडानबाट पछि हटेर संविधान निर्माणमा लाग्नुपर्ने उहाँको जोड थियो ।

सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले विपक्षी मोर्चा संविधान निर्माणमा जिम्मेवार नदेखिए प्रक्रियाबाटै भए पनि जेठ १४ मा संविधान जारी हुने जिकिर गर्नुभयो । माघ ८ मा संविधान जारी नहुनुमा पनि विपक्षीको हात रहेको उहाँको आरोप छ ।