२८ आश्विन २०८३, बुधबार

स्वास्थ्य सेवामा सात हजार नयाँ कर्मचारीका लागि आवेदन खुल्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctor-checkup-smallकाठमाडौँ, २० चैत । स्वास्थ्य सेवाअन्तर्गतका चिकित्सक, जनस्वास्थ्य अधिकृत, सहायक, प्रयोगशालामा काम गर्ने प्रविधिज्ञ, परिचारिका (नर्स) लगायत पदमा सात हजार नयाँ दरबन्दी थप हुने भएको छ ।

दुई हजार २०५ उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएपछि सो दरबन्दी सिर्जना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती पद पूर्तिका लागि मन्त्रालयले लोकसेवामार्फत आवश्यक प्रक्रिया अगाडि बढाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जानकारी दिनुभयो ।

नेपाल स्वास्थ्य प्राविधिक सङ्घको नवाँै महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री अधिकारीले उपस्वास्थ्य चौकीहरु स्वास्थ्य चौकीमा स्तरोन्नति भएपछि यसबाट जनताले थप स्वास्थ्य सेवा तथा औषधि पाउने विश्वास व्यक्त गर्नुभयो ।

“चिकित्सक आफूले मात्र समग्र स्वास्थ्य सेवा धानेको छु भन्नु जनतालाई भ्रममा राख्नु हो, चिकित्सकले परिचारिका, प्यारामेडिसियन, प्रयोगशालाका काम गर्ने हली गोठाला हुन् भन्ने गलत सोचाइ राख्न हुँदैन,” उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले नयाँ स्वास्थ्य नीति, जनसङ्ख्या नीति जारी भइसकेको, सहरी स्वास्थ्य नीति तथा खोप ऐन जारी हुने अवस्थामा रहेको जानकारी पनि दिनुभयो ।

जनस्वास्थ्यमा काम गर्ने प्रविधिज्ञहरुको छाता सङ्गठनमा हाल ३० हजार आबद्ध रहेका छन् । अर्काेतर्फ २७ क्याम्पसमा जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन अध्यापन हुने गर्छ । ती कलेजबाट बर्सेनि ४०० जनस्वास्थ्यका स्नातकहरु उत्पादन हुने गर्दछ ।

मन्त्रालयले स्वास्थ्य प्रयोगशाला नीति जारी गरे पनि निर्देशिका जारी नगर्दा जनस्वास्थ्यमा असर पुगिरहेको सङ्घका अध्यक्ष हरिबहादुर कुँवरले बताउनुभयो ।

दुईदिने सो अधिवेशनले नयाँ नेतृत्वको चयनसमेत गर्ने छन् । रासस