काठमाडौँ, २० चैत । साना कर्मचारीलाई मात्र निशाना बनाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवालासचिवसहित २३ जना ‘भीआइपी’विरुद्ध एकैसाथ मुद्दा दायर गरेको छ ।
नेपाल पर्यटन बोर्डमा करिब ७० करोड रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा अख्तियारले वन मन्त्रालयका बहालवाला सचिव शरदचन्द्र पौडेल, कानुन आयोगका सचिव रन्जनकृष्ण अर्याल तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित २३ जना उच्च पदस्थ कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा अर्थ मन्त्रालयका उपसचिव डिल्ली शिवाकोटी, वन मन्त्रालयका सहसचिव मेघवहादुर पाण्डे, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन, पूर्व पर्यटन सचिव सुशील घिमिरे, नेपाल पर्यटन बोर्डका कामु कार्यकारी अधिकृत नन्दिनी थापा, वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, कारीराज भण्डारी, निमित्त निर्देशक ध्रुव राई, वरिष्ठ प्रबन्धक लिला बानियाँ लगायत रहेका छन् । अख्तियारले मुद्दा दायर गरेपछि बहालवाला सचिव, सहसचिवसहित पर्यटन बोर्डका अधिकारीहरुको जागिर स्वतः निलम्बन भएको छ ।
सचिव रन्जनकृष्ण अर्याल र पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत सुवास निरौलाबाहेक अन्य पर्यटन बोर्डमा पदेन सदस्य भएका कारण भ्रष्टाचार अभियोगमा तानिएका हुन् ।
अख्तियारले कार्यकारी प्रमुख निरौलाबाट ३३ करोड बिगो असुल, त्यति नै जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार १३ बर्ष जेल सजाय मागिएको छ । उनले भ्रष्टाचार गरेको ठहर भएका ६६ करोड असुल गर्नुपर्ने हुन्छ ।
सचिवसहित अन्य विशिष्ट कर्मचारीलाई भने कामको जिम्मेवारी अनुसार आठदेखि १० बर्षको जेल सजाय मागिएको छ ।
अख्तियारले बिहीबार नै यो मुद्दा दायर गर्ने तयारी गरेपनि ५ सय २० पेजको आरोपपत्र सबै अध्ययन गर्न नभ्याएकाले शुक्रबारमात्र विशेष अदालतले दायर गरेको हो ।
अख्तियारले बिगो दाबी गरेका व्यक्तिहरुको सूची यस्तो छ:
१) शरदचन्द्र पौडेल, वर्तमान वन सचिव: ६१ लाख २८ हजार २ सय ७७
२) मेघबहादुर पाण्डे, बहाबहाला वन सहसचिव
३) रञ्जनकृष्ण अर्याल, बहालवाला सचिव (कानून आयोग)
४) प्रचण्डमान श्रेष्ठ, पूर्व कार्यकारी प्रमुख: २८ लाख ८० हजार भ्रष्टाचार
५) सुवास निरौला, तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत: ३३ करोड ७२ लाख ५५ हजार भ्रष्टाचार
६) अनिलकुमार दास, कर्पोरेट निर्देशक: १७ करोड ९४ लाख भ्रष्टाचार
७) नन्दिनी थापा, वरिष्ठ निर्देशक : ३ लाख ४१ हजार ६ सय ६२
८) आदित्य बराल, वरिष्ठ निर्देशक: ३४ लाख ८४ हजार ४ सय ६५
९) हिक्मत सिंह ऐर, निर्देशक: १६ करोड ५४ लाख भ्रष्टाचार
१०) काशीराज भण्डारी, निर्देशक: ३४ लाख ८४ हजार भ्रष्टाचार
११) ध्रुव राई, निमित्त निर्देक: ६ लाख भ्रष्टाचार
१२) लिला बाँनियाँ, वरिष्ठ प्रबन्धक : १ लाख भ्रष्टाचार
१३) दिवाकर राणा, वरिष्ठ प्रबन्धक: २ लाख ५५ हजार ४६
१४) लक्ष्मण गौतम, प्रबन्धक : ३ लाख ८६ हजार
१५) सुशील घिमिरे, पूर्वपर्यटन सचिव: ११ करोड ९८ लाख ९५ हजार ३६
तत्कालीन बोर्ड सदस्यहरु
१६) टिकाराम सापकोटा
१७) पम्फादेवी धमला
१८) डिल्लीप्रसाद शिवाकोटी, सहसचिव (अर्थ मन्त्रालय)
१९) रतिशचन्द्रलाल सुमन, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्रधिकरण
२०) रेवतबहादुर थापा
२१) ध्रुवनारायण श्रेष्ठ
२२) फुर्गेज शेर्पा
२३) महेन्द्र खनाल













प्रतिक्रिया