काठमाडौं । बढ्दो प्रविधिको विकासले नयाँ नयाँ प्रविधियुक्त उपकरणहरु बजारमा आएका छन् । तर, तिनको उपभोग नहुँदा कपिय मानिस थाहा नपाएर सेवाबाट बञ्चित छन् ।
हाल सञ्चालनमा रहेको सामाजिक सञ्जाल ट्विटर धेरै कम मानिसहरुले चलाउछन् । तर अब तपाईलाई उपयुक्त जागिर चाहिएको छ भने ट्विटर चलाउनुहोस् । ट्विटरले अब आफ्ना प्रयोगकर्तालाई निश्चित मापदण्डका आधारमा रोजगार उपलब्ध गराउने तयारी गरेको छ ।
ट्विटरको बेलायतमा बसको बैठकले चाँडै ट्विटर जब एप्स राखेर बेरोजगार युवाहरुका लागि रोजगार खोजीदिने निर्णय गरेको हो । यसमा जागिर खान इच्छुक व्यक्तिले ट्विटरले मागेको सम्पूर्ण विवरण दिनुपर्ने छ । यद्यपी विवरण भने अहिले खुलाइएको छैन् ।
आगामी महिनादेखि यो एप्स सञ्चालनमा आउने ट्विटरले जनाएको छ । ट्विटरमा रोजगारीका लागि निवेदनको बढीमा एक महिनाभित्र योग्य ठहरिएमा व्यक्तिले विश्वको जुनसुकै ठाउँमा जागिर पाउने प्रावधान लागू हुँदैछ । ट्विटरले आफ्नो च्यानलबाट प्रयोगकर्तालाई जागिर लगाइदिन लागेको जनाएको छ । एजेन्सी













प्रतिक्रिया