३ कार्तिक २०८३, मंगलबार

अज्ञात समूहद्वारा गोली हानेर साधुको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २० चैत । सिरहाको दक्षिणी सीमावर्ती लगडी गोठका साधुको अज्ञात समूहले बिहीबार गोली प्रहार गरी हत्या गरेको छ ।

लगडीगोठ गाविस– ३ का ५५ वर्षीय साधु रामशङ्कर मण्डल भारतको विहार बधौरा भजनकीर्तनका लागि चार साथीसँग गइरहेका बेला नेपाल भारत सीमा क्षेत्रमा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका मण्डललाई तत्काल परिवारलाई खबर गरी बिहीबार नै उपचारका लागि भारतको जयनगर लगिएको भए पनि पुनः जिल्ला अस्पताल सिरहा फिर्ता ल्याइएपछि राति अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मण्डलको ढाडमा एक गोली लागेको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामकृपाल साहले घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । रासस