२९ आश्विन २०८३, बिहिबार

जापानद्धारा ९ लाख युवालाई रोजगार दिने घोषणा, नेपाली युवाले पनि अवसर पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan– नारायण पाण्डे

टोकियो, जापान । प्रविधिको तिव्र विकास गरिरहेको देश जापानले आफ्नो देशमा करिब ९ लाख युवालाई नयाँ रोजगारी दिएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात अप्रिल १ मा जापान सरकारले ९ लाख युवालाई रोजगार दिने घोषणा गरेको हो । जसमा विश्व जुनसुकै देशका नागरिकले रोजगार पाउनेछन् ।

स्नातक पढाई सकेका ८ लाख ९० हजार युवालाई एकैसाथ नयाँ काममा नियुक्ति गरिएको जापान सरकारका अधिकारीहरुले जनाएका छन् ।

japan-imageनयाँ कर्मचारी नियुक्ती गर्नेमा प्राईभेट क्षेत्र बढी छ । सरकारले घोषणा गरेको कार्यक्रम अनुसार सुनितोमो मिचुई बैंकमा, पानासोनिक, टोयोटा, निप्पोन एयरलाईन्समा बढी कर्मचारी नियुक्ती गरिएको छ ।

कालो सुटमा सजिएका उनिहरूले नियुक्ती पत्र लिने क्रममा आफ्नो भविष्यको योजना कागजमा लेखी हावामा ऊडाएर रमाएका थिए।

जापान स्थित नेपाली राजदुतावासका अनुसार स्तानक पास गरेका अधिकांश नेपाली युवाहरुले नयाँ रोजगारी पाएको जनाएको छ । नेपाली कति विद्यार्थीले नयाँ रोजगारी पाए भन्ने तथ्याङ्क प्राप्त भइसकेको छैन् ।