२९ आश्विन २०८३, बिहिबार

मिर्गौला पीडितलाई जापानका प्रवासी नेपालीले सहयोग गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kidney-Mirgaulaटोकियो, २० चैत । मिर्गौला उपचार खर्च अभावमा लामो समयदेखि घरमै बस्न बाध्य गुल्मी तुराङका मोहनबहादुर रजालीलाई वैदेशिक रोजगारीका लागि जापानमा रहेका दुई नेपालीले रु दुई लाख १९ हजार ६५ सहयोगस्वरुप पठाएका छन् ।

दातामा टोकियोको सिन्जुकुमा कार्यरत गुल्मीकै आँपचौर गाविस तल्लोफाँटका दधिराम खरेल र राज सापकोटा हुनुहुन्छ ।

यहाँस्थित गुल्मेली समाज जापानका विपीन घिमिरेका अनुसार रजालीको रकम अभावमा उपचार गर्न नसक्दा थप समस्या बढ्दै गएको थियो । आर्थिक अवस्था कमजोर रहेका रजालीलाई पत्नीको एउटा मिर्गाैला प्रत्यारोपण गर्नसमेत रकम अभाव थियो ।

यसअघि पनि गुल्मेली समाज जापानले रजालीलाई रु ५० हजार सहयोग पठाएको थियो । रासस