२८ आश्विन २०८३, बुधबार

किन बढ्दैछ खतरनाक एचआईभी एड्स रोग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AIDSमेलम्ची, २० चैत । सिन्धुपाल्चोकमा एचआइभी/एड्सको सङ्क्रमण भेटिनेको सङ्ख्या १२१ पुगेको छ जसमा पुरुष ६८ र महिलाको सङ्ख्या ५३ रहेको एक तथ्याङ्कले देखाएको छ ।

सबैभन्दा बढी सङ्क्रमित इचोक गाविसमा भएको पाइएको छ । त्यस गाविसमा ३० मा एचआइभी भएको भटाएको छ । त्यसमा पुरुष १९ र महिला ११ रहेको छ । एचआइभी÷एड्सको नियन्त्रणका लागि काम गर्दै आइरहेको मिरमिरे समूहले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

सो समूहका अध्यक्ष किपक तामाङ भन्नुहुन्छ–“यो सङ्ख्या अझ बढ्न सक्छ किनकि यसरी हामीलगायत अरू समूहसँग सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरेका छौँ ।

जिल्लाभरको तथ्याङ्कअनुसार ६ बालबालिकामा समेत एड्सको सङ्क्रमण भेटिएको छ जसमा इचोक गाविसका चार बालबालिका रहेका छन् । आफ्नो आमाबुबामा सो रोग भएकाले बालबालिकामा समेत सरेको हो । पैसा कमाउने उद्देश्यले विदेश गई काम गर्ने महिला–पुरुष घर फर्केर आउँदा सो रोग भित्रने गरेको र यस रोगले जिल्लाभर जरो गाड्ने गरेको तामाङ बताउनुहुन्छ । गत वर्ष जिल्लामा ९५ मा सो रोग देखिएको, जसमा ४३ महिला र ५२ पुरुष रहेको तथ्याङ्कमा उल्लेख छ । रासस