३ कार्तिक २०८३, मंगलबार

दाँत उपचारका क्रममा बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dental-veneers-topगौशाला, २० चैत । दाँत उपचारका क्रममा महोत्तरीको पिपरा गाविसमा गएराति एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिपरा गाविस–१ बस्ने अजय यादवका छोरा ६ वर्षीय विशाल यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

पिपरा–२ स्थित बजारमा रहेको डा अजित मिश्रको जनसेवा क्लिनिकमा बिहीबार साँझ दाँत दुखेर उपचारका लागि गएको बालक यादवको चिकित्सक मिश्रले दाँत उखालेपछि मुखबाट अत्यधिक रक्तस्राव भएर बालक अचानक बेहोस भएको थियो ।

बेहोस भएका बालकलाई परिवारजनले थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा गएराति ७ बजे निजको बाटोमै मृत्यु भएको प्रहरीनायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

बालकको शव परीक्षणका लागि परिवारजनले जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने घटनापश्चात् चिकित्सक मिश्र क्लिनिक छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस