मुम्बई । भारतका चर्चित अभिनेता सलमान खानको विषयमा कसैले पनि औला उठाउने हिम्मत गर्दैनन् । भारतमा सलमानका र परिवारको आफ्नै सान मान इज्जत छ ।
तर, अहिले सलमानको परिवार चर्चामा आएको छ । हट मोडल पुनम पाण्डेले सलमानकी आमाको नाम उच्चारण गरेर बलिउडमा बबाल मच्चिएको हो ।
बलिउडमा चर्चामा आउन पुनम जस्तोसुकै हर्कत तयार हुने गर्छिन् । अहिले उनी सलमानकी आमाको नाम उच्चारण गरेर चर्चामा आउन खोजेकी छिन् ।
पुनमले सलमानकी आमा हेलेनमाथि कमेन्ट गर्दै भनेकी छिन्-‘सबै हेलेन सलमान खानकी आमा होइनन् ।’ पूनम पाण्डेको आगामी चलचित्रको टाइटल हेलेन हो ।
चलचित्रको विषयमा हेलेन सलमानकी आमाको जीवनीमा आधारित छ भनेर चर्चा चलेको थियो । तर, पूनम पाण्डको चलचित्रको नाम हो । हेलन एउटा प्रेम स्पर्श चलचित्र हो ।
सलमानकी आमाको कथामा आधारित चलचित्र होइन् । यस्तो हल्ला बलिउड बजारभरी फैलिएपछि हंगामा मच्चिएको छ । एजेन्सी















प्रतिक्रिया