२९ आश्विन २०८३, बिहिबार

अब शाहरुख खानका छोरा पनि हिरो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrukh-khanमुम्बई । बलिउड बादशाह शाहरुख खानका छोरा आर्यनले बलिउडमा डेब्यु गर्ने भएका छन् । शाहरुखले आफ्ना छोरालाई चलचित्रमा हिरोको भुमिकामा डेब्यु गराउन तयारीमा लागेका हुन् ।

शाहरुख आफ्ना छोरा आर्यनलाई हलिउड ओस्कर विजेता फिल्म ‘बायहुड’को रिमेक चलचित्रमा बलिउडमा प्रवेश गराउँदैछन । समाचारअनुसार यस फिल्मको रिमेक राइट्स पाउनको लागी शाहरुखले कुराकानी समेत थालिसकेका छन ।

फिल्ममा शाहरुख स्वयम पनि हुनेछन भने उनका अर्का छोरा अबराम पनि हुने बताइन्छ । फिल्मका लागी शाहरुले निर्देशकसँग पनि छलफल थालिसकेका छन ।

शाहरुख पुत्र आर्यन बलिउडका लागी नयाँ अनुहार भए पनि उनी सेलेब्रेटीभन्दा कम छैनन । उनले छिट्टै बलिउडमा शाहरुखको जस्तै स्थान बनाउने विश्वास गरिएको छ । एजेन्सी