२८ आश्विन २०८३, बुधबार

प्रहरीले नै युवतीको सामुहिक बलात्कार गरे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapकाठमाडौं । नागरिकको सुरक्षामा खटिएका प्रहरी जवानले नै युवतीको सामुहिक बलात्कार गरेका छन् । २२ वर्षीया युवतीलाई साथी बनाएर दुई जना प्रहरी जवानसहित ३ जना मिलेर पालैपालो युवतीको बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

यो घटना भारतको हो । भारतको कास्टेबल छत्तीसगढ़ आर्म्ड फोर्सको तेस्रो बटालियनका जवान पूरन लाल यादव र प्रवीण कुमारले युवतीलाई साथी बनाएर घर लगेर बलात्कार गरेका हुन् ।

युवतीलाई घर बोलाई जुसमा नशालु पदार्थ मिसाएर वेहोस बनाई पालैपालो बलात्कार गरेका हुन् । यो घटना भएको १ महिनापछि सार्वजनिक भएको हो ।

बलात्कार गरेर जवानहरुले कसैलाई भने मार्ने धम्की समेत दिएका थिए । बलात्कारकै क्रममा जुन घरमा बलात्कार भएको त्यो घरका मालिकले पनि गरेको खुलासा भएको छ ।

जवानहरुले जबरजस्ती शारीरिक सम्पर्क गरिसकेपछि घरमा आएका घर मालिकले पनि युवतीसँग शारीरिक सम्बन्ध बनाएको जनाइएको छ । युवतीले जवानहरुको धम्कीले सुरुमा घटना बाहिर ल्याउन सकेकी थिईनन् ।

जब उनलाई घटनाले पिरोल्न थाल्यो तब उनले प्रहरी चौकीमा उजुरी दर्ता गराएकी हुन् । युवतीको उजुरीपछि दुवै जना प्रहरी जवान पक्राउ परेका छन् । घर मालिक फरार छन् । एजेन्सी