१५ कार्तिक २०८३, आइतबार

जुस पिएपछि केसीलाई मेरा प्रश्नहरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Dhakal

– विनोद ढकाल

म डाक्टर पढ्नसक्ने आर्थिक हैसियतको मान्छे होइन, डाक्टर पढ्छु भन्ने सोच मनमा लिन्थें कुनैबेला, परिस्थितिले पत्रकारितामा धकेल्यो । कारण, डाक्टर हुनु सजिलो छैन, त्यसका लागि विवेक जति भएपनि विद्या जति भएपनि, क्षमता जति भएपनि अर्थ त्योभन्दा बलियो हुनुपर्छ । डाक्टर हुन नसक्नेहरु यहाँ कण्डक्टर हुनुपर्ने हविगतमा हिँडेका कयन छन्, दैवको कृपाले यति टिप्पणी उठाउने प्रयत्न गर्नसक्ने, पत्रकार भएको छु ।

केसी आधुनिक युगका एकलव्य पटक्कै बन्न सक्तैनन् । उनको आन्दोलन मेडिकल कलेजका माफियाकाविरुद्ध रुपमा देखिएपनि सारमा मेडिकल गिरोहका अन्तर्राष्ट्रिय माफियाको पक्षमा देखिएको छ । उनको निष्ठालाई विदेशी दलालहरुले प्रयोग गरे । खासगरी भन्नैपर्दा उनको निष्ठाको सत्याग्रहको उपयोग अरबौंमा भएको छ । नेपालमा भ्रष्टाचार भएका रकमहरुको वैधानिक उपयोग केसीको सत्याग्रहको दुरगामी असरका रुपमा विदेशका मेडिकल कलेजमा एलिटहरुको डक्टर बन्ने सपनासँगै बगेको छ, जुन फर्किएर आउने कुनै सम्भावना छैन ।