२८ आश्विन २०८३, बुधबार

टेलिमिडिसिएनमा उपचार गराउनेको घुइँचो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट, २० चैत । दुर्गम गाउँमा रहेको टेलिमिडिसिएनमा काठमाडौँबाट चिकित्सक पुगेपछि उपचार गराउनेको घुइँचो लागेको छ ।

टेलिमिडिसिएन सेवाको स्थलगत अध्ययनका लागि टेली हेल्थ फाउन्डेसन काठमाडौँबाट सिप्खाना पुगेपछि उपचार गराउनेको सङ्ख्या बढेको हो ।

०६७ देखि कालीकोटको सिप्खानामा काठमाडौँका चिकित्सक मुनि शाक्यबाट उपचार हुँदै आएकामा बीचमा प्रविधि कठिनाइका कारण समस्या आएको र पछिल्लो समयमा व्यवस्थित ढङ्गले अघि बढाउनका लागि चिकित्सक प्रभात अधिकारी र सुनिता ढुङ्गाना आएपछि सिप्खाना तथा स्युना र मुुम्रा गाविसका स्थानीयवासीको उपचार गराउने घुइँचो लागेको हो ।

यसअघि इन्टरनेटबाट सल्लाह–सुझाव लिएका स्थानीयवासीले प्रत्यक्ष चिकित्सकबाट जाँच भएपछि खुसी हुँदै उपचार गर्न सेवालाई व्यवस्थित गर्न अनुरोध गरेका छन् ।

यसैबीच सेवा निरन्तर सञ्चालनका लागि टेलिमिडिसिएनका बारेमा चिकित्सक, स्थानीयवासी, त्यहाँस्थित राजनीतिक दललगायत सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । सो अवसरमा टेलिमिडिसिएनको दीर्घकालीन सञ्चालनका लागि राजनीतिक दल, सामाजिक अगुवाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो कार्यक्रममा चिकित्सक अधिकारीले आफूहरुले दुर्गमका बिरामीका लागि निःशुल्क सेवा दिएको बताउँदै कालीकोटमा नमुनाका रुपमा सञ्चालन भएकाले समुदायले यसको निरन्तरताका लागि अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले आफूहरुले कालीकोटमा कम्प्युटर, इन्टरनेटलगायतका साधनको व्यवस्था र प्रत्येक शनिबार बिरामी उपचारमा समय दिने बताउनुभयो ।