३ कार्तिक २०८३, मंगलबार

अनसन तोडेपछि डा. केसीले के भने ? (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-KC
काठमाडौँ, १९ चैत । “सरकार र राजनीतिक दलले चौथो पटकसम्म अनशन बस्दा भएका सम्झौता कार्यान्वयन गरेनन्, पाँचौँपटक अनशनमा बसेँ, अब त छौठौँ पटक बस्नु नपर्ला ।”-पाँचौँपटक अनशनमा बसेका शिक्षण अस्पताल हाडजोर्नी विभागका प्राध्यापक डाक्टर गोविन्द केसीले बिहीबार १२ औँ दिनमा अनसन अन्त्य गर्दै यसो भन्दै थिए ।

विभिन्न ११ बुँदे माग राखी चैत ८ गते गतेदेखि अनशन सुरु गरेका केसीले बिहीबार अनसन त्यागेका हुन् । डा केसीलाई हाडजोर्नी विभागअन्तर्गतकै आफ्नै बिरामी बालक सुवास अधिकारी र अस्पतालकै गेटमा जुत्ता सिलाउने सत्यनारायण रामले भूइँकटरको जुस खुवाई अनशन अन्त्य गराएका थिए ।

धादिङ फूलखर्क गाविसका १० वर्षीय बालक जो आफ्नै शिक्षकले तिघ्रामा लठठीले पिट्दा हड्डी भाँचिएर अस्पतालमा भर्ना भएका थिए । डा केसीले नै बालकलाई उपचार गरिरहेका छन् ।

यसैगरी त्रिवि शिक्षण अस्पतालकै मूल ढोका नजिक जुत्ता सिलाइ व्यवसाय गर्दै आएका सप्तरीका ४३ वर्षीय रामले पहिलोपटक डा केसीलाई देखेका हुन् । उनले भने, “यो अवसर मेरो जीवनका लागि कहिल्यै बिर्सन नसक्ने क्षण हो ।”

सरकारका तर्फबाट मुख्यसचिव लीलामणि पौड्याल र राष्ट्रिय योजना आयोगका सदस्य प्राडा गोविन्दराज पाखरेल, अनसनरत डा केसी, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अञ्जनीकुमार झाबीचमा ११ बुँदामा सहमति भएपछि डा केसीले अनसन अन्त्य गरेका थिए ।

जुुस पिएर अनसन अन्त्य गरेका डा केसीले भने, “१२ दिनपछि घामको उज्यालो देख्दा खुशीको सीमा रहेन, स्वास्थ्य क्षेत्रमा पनि यो घाम देख्न चाहन्छु । यसो भनिरहँदा उपस्थित सहकर्मी तथा शुभचिन्तकहरुले ताली बजाएका थिए ।”

“डा केसीले विगतका चारवटा सम्झौता कार्यान्वयन भएन, उल्लङ्घन भयो, पाँचौँ पटकको सम्झौता कार्यान्वयन हुनेमा म ढुक्क छु । मेरो लडाइँ तीन करोड नेपाली जनताको स्वास्थ्यका लागि हो, व्यक्तिगत होइन” भने।

हेर्नुस् यो भिडियो:
https://www.youtube.com/watch?v=BHgLaN4x448
भिडियो सौजन्य: स्वास्थ्य खबरपत्रिका