– सुशिल नेपाल
पाल्पा, १९ चैत । नेपाल विद्युत प्राधिकरणले पाल्पामा १ सय ९६ घरधुरीको विद्युत लाइन काटेको छ ।
विद्युत चोरी गर्ने, समयमै विद्युत महशुल नबुझाउने, विद्युत चुहावट गर्ने ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण पाल्पाले जनाएको छ ।
विद्युत प्राधिकरणले जिल्लाको विभिन्न स्थानका ती ग्राहकहरुबाट ५ लाख ३७ हजार २ सय ३३ रुपैयाँ राजश्व समेत संकलन गरेको छ । विगत २ महिनायता उनीहरुको लाइन काटिएको र जरिवाना सहितको कारवाही पछि छाडिएको हो ।
पछिल्लो समय प्राधिकरणले विद्युत चुहावट रोक्ने अभियान नै चलाएको छ । यसरी कारवाहीमा पर्नेहरुमा सदरमुकामकै फर्निचर, उद्योग, राइस मिल र घरहरु समेत रहेको प्राधिकरणका प्रमुख नवल किशोर गोइतले बताए ।
आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने प्राधिकरणले जनाएको छ ।















प्रतिक्रिया