
– कमलराज भट्ट / दैनिक नेपाल
गत साता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झस्किए ।
प्रचण्ड चीन गएको बेलामा एमाओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे । त्यतिबेला पनि ओलीले त्यही गरे, जुन प्रचण्डलाई गरेका थिए । ओलीको त्यो स्वागतले बाबुराम एकछिन टोलाएको टोलयै भए ।
प्रधानमन्त्रीको स्वागतमा बसेका अध्यक्ष ओलीले पहिले प्रधानमन्त्रीलाई राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिए अनि बल्ल वार्ताका लागि टेबलमा बसे । त्यो गतिविधि देखेर प्रधानमन्त्रीले पनि भने–‘यो अभियानले मेरो शिर उचो बनाएको छ ।’















प्रतिक्रिया