३ कार्तिक २०८३, मंगलबार

‘राज्यले उपनिर्वाचन नभई स्थानीय निकायको निर्वाचन खोजेको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_0655  – रबिना बोहरा
बागलुङ, १८ चैत । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राष्ट्रले चैत्र २८ गते बागलुङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचन नभई स्थानीय निकायको निर्वाचन खोजेको बताउनुभएको छ ।

निर्वाचन आयोगले गरेको पत्रकार एवं सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्र निर्वाचनमा आधारित रहेको भन्दै लोकतन्त्रलाई शंकामा नभई विश्वासमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

उप्रेतीले मतदाताको प्रतिबिम्ब ६०१ जना सभाषद्हरु भएको भन्दै संविधान निर्माण गर्ने काम उनिहरुको भएतापनि अहिलेसम्म संविधान बनाउन नसक्नु विडम्बनाको बिषय भएको बताउनुभयो ।

बागलुङ जिल्लामा हुने उपनिर्वाचनलाई स्वच्छ र मर्यादित ढंगले सम्पन्न गर्न आग्रह गर्दै उप्रेतीले अन्य देशहरुको लागी पनि उदाहरण दिने खालको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

IMG_0662अहिले उठेका सबै दलहरुले नै भोट आफ्नो पक्षमा पार्नका लागी प्रयत्न गर्ने दलहरुमाथि निर्वाचन आयोेगको शंका रहेकाले शंकालाई निवारण गर्नका लागी आफ्नो पुरा तयारी भएको पनि उहाँले बताउनुभयो ।

लोकतान्त्रिक प्रक्रिया, विधिवत रुपमा जान हामी धर्मराईरहेका छौँ भन्दै उहाँले निर्वाचन गराउनेका काम पहिले गाउबाट र पछि क्षेत्र, जिल्ला हुदै राज्यको निर्वाचन आवधिक रुपमा हुनुपर्ने बताउनुभयो ।

यस्तैगरी कार्यक्रमको बारेमा जानकारी दिदैँ निर्वाचन आयोगका सहसचिव सुर्यप्रसाद शर्माले सम्पुर्ण मतदाताहरुले सहज तरिकाले मतदान गर्न सक्ने खालको वातावरण बनाउन, चुनावलाई मर्यादित र अनुशासित ढंगले सम्पन्न गर्नका लागी पत्रकार एवं सञ्चारकर्मीहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

IMG_0663कार्यक्रममा निर्वाचन आयोगका उपसचिव सुर्यप्रसाद अर्यालले बागलुङ क्षेत्र नं. १ मा हुने निर्वाचनका लागी ३५ वटा मतदान स्थलमा ७० वटा मतदान केन्द्र रहने बताउनुभयो ।

यस्तैगरी फागुन सम्म दर्ता भएका कुल ५२ हजार २ सय २ मतदाता मध्य महिला २८ हजार ४ सय ६० र पुरुष २३ हजार ७ सय ४२ जना रहेको पनि कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रम निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको अध्यक्षता, सहसचिव सुर्यप्रसाद शर्माको स्वागत मन्तव्य र उपसचिव सुर्यप्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो  कार्यक्रममा निर्वाचन आयोगकी राधिका रेग्मी र रेडीयो नेपालका अछुत अर्यालले पनि सहजीकरण गर्नुभएको थियो ।