३ कार्तिक २०८३, मंगलबार

पत्रकार बोगटीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fnjकाठमाडौं, १८ चैत । कालिकोटस्थित ‘रेडियो नयाँ कर्णाली’ मा कार्यरत पत्रकार रमेश बोगटीमाथि भएको सांघातिक आक्रमणको नेपाल पत्रकार महासंघले गम्भिर ध्यानाकषर्ण जनाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले मंगलबार साँझ अज्ञात समूहको आक्रमणबाट घाइते भएका पत्रकार बोगटी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रकार बोगटीलाई रेडियोमा काम सकी डेरा फर्कने क्रममा साँझ ७ः३० बजेतिर रेडियोकै गेटमा आक्रमण गरिएको थियो । सांघातिक आक्रमण गर्ने समुहमा लली बम, जयलाल बम, पर्व बम, स्याम बम लगायतका व्यक्तिको संलग्न देखिएको महासंघ जिल्ला शाखा कालिकोटले जनाएको छ ।

‘महासंघ नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाह गर्ने पत्रकारमाथि भएको यो कुटपिटको कडा शब्दमा निन्दा गर्दछ ।’ महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ । पत्रकार वोगटीमाथि आक्रमणको घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरा लिई कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।

पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउने वातावरण निर्माण गरी घाइते पत्रकारको उपचार व्यवस्था मिलाउन समेत सरकारसँग माग गरिएको छ ।

यस्तै, क्यान्सर रोगबाट पीडित नेपाल पत्रकार महासंघ ललितपुर शाखा कार्यसमितिका सदस्य अजय देशारका पिता कृष्ण देशारको ६५ वर्षको उमेरमा निधन भएकोप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

‘नेपाल पत्रकार महासंघ मृतआत्माको चिरशान्तिको कामना गर्दै स्वर्गीय देशारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दुःखको यस घडीमा शोकसन्तप्त परिवाजनमा गहिरो समवेदन प्रकट गर्दछ ।’ महासचिव उजिर मगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।