३ कार्तिक २०८३, मंगलबार

क्याम्पसमै विद्यार्थीलाई खुकुरी हान्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १८ चैत । आफ्ना सहकर्मीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले लहानस्थित एलएमसी क्याम्पसका एक जना विद्यार्थीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहानस्थित एलएमसी क्याम्पसको कक्षा ११ मा अध्ययनरत अनिलकुमार यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही क्याम्पसमा अध्ययनरत रामाकान्त ठाकुर दनुवारलाई पक्राउ गरेको हो ।

पुरानो रिसईबीमा दनुवारसहितका युवाको समूहले मङ्गलबार क्याम्पस अगाडि यादवमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

घटनालगत्तै अभियुक्तहरु फरार भएको र खोजतलासका क्रममा दनुवारलाई पक्राउ गरेको र अन्य अभियुक्तको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।

उहाँका अनुसार खुकुरी प्रहारबाट यादवको हातको एउटा आँैला काटिएको र शरीरको अन्य भागमा समेत काटिएको छ । घाइते यादवलाई उपचारका लागि विराटनगर पठाइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको उहाँले बताउनुभयो । रासस