झापा, १८ चैत । जनपक्षीय राष्ट्रिय पञ्चायतका सदस्य नवलकेमी राईको स्वास्थ्य उपचारका लागि नेकपा एमाले इलामले पार्टीको केन्द्रीय कमिटीलाई उपचारमा सहयोग गर्न आग्रह गरेको छ ।
आज प्रेस चौतारी झापाले दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इलाम क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष हेमन्त राईले २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य रहनु भएका राईको उपचारका लागि जिल्ला पार्टीबाट पहल भइरहेको बताउनुभयो ।
एमाले इलाम जिल्ला कमिटी सदस्य समेत रही सक्नु भएका राईले २०५४सालबाट पोष्टेट ग्रन्थीमा आएको समस्याका कारण आफु राजनीतिबाट बिश्राम लिएर घरमै बसेको बताउनुभयो ।
इलामको साक्कफरा गाविस २ का बासिन्दा राई हिजोको तरिकाले पार्टीको काम अबको दिनमा नचल्ने बताउनुभयो । सुगर प्रेसर र युरिक एसिड रोगका बिरामी समेत रहनु भएका राईको उपचारका लागि पार्टी अध्यक्ष केपी ओलीले आश्वसन दिएको जनाइएको छ ।
पत्रकारहरुको जिज्ञासामा आत्मानिर्णय सहित अधिकार नदिई जातीय राज्य दिदाँ फरक नपर्ने भए पनि मुलुकले थेग्न नसक्ने राईले बताउनुभयो । अहिले मुलुकभित्र सुचीकृत बाहुन क्षेत्री बाहेकका १२५ जाती छन् । ती सबै जातीलाई राज्य बाड्ने हो भने नेपाल राष्ट्रको के हालत हुन्छ ? उहाँले प्रश्न गर्नुभयो ।
पुर्वी कोशी प्रान्तीय कमिटीबाट बाम राजनीतिमा प्रवेश गर्नु भएका नेता राईलाई माओवादी द्धन्दकालमा माओवादीबाट पार्टीमा आउन बारम्वार आग्रह गरिए पनि आफु नगएको बताउनुभयो ।
कार्यक्रममा सहभागी एमाले झापाका सचिव मदन अधिकारी र क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ का इच्चार्ज होम बहादुर थापाले राई जस्तो पार्टीको सम्मानित ब्यक्तित्वको उपचारका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
तत्कालिन राष्ट्रिय पञ्चायतमा जनपक्षीयबाट जिताएर जनताको मुद्दा उठाउन सदनमा राख्ने एमालेले राई, सोमनाथ प्यासी, जागृत भेटवाल, स्वर्गीय द्रोणचार्य क्षेत्री र पद्मरत्न तुलाधर लागयतलाई पठाएको थियो ।















प्रतिक्रिया