– सुशिल नेपाल
पाल्पा १८ चैत । चर्चित लोकगायक खुमन अधिकारी र गायिका मञ्जु पौडेलले ‘सिन्कि साँधेर केही दिन पाइन कोसेली तिमिलाई लैजाउ यो माया रुमालमा बाँधेर’ बोलको गीत बजारमा ल्याएका छन् ।
पछिल्लो समयमा लोकगितको क्षेत्रमा एकाएक चर्चाको शिखरमा पुग्न सफल भएका लोकगायक अधिकारी र पौडेलको यस गीतको म्युजिक भिडियोमा खुमन र मञ्जुलाई पनि देख्न सकिनेछ । बब्लु थापाको नृर्देशन रहेको यस भिडियो दुर्गा पौडेलले खिचेका हुन भने सम्पादन प्रविन भटटले गरेका हुन ।
खुमनले हालसम्म ५ हजार भन्दा बढी गीतमा स्वर दिइसकेका छन भने मञ्जुले हालसम्म एक दर्जन बढी एल्बम बजारमा ल्याइसकेकी छन् । खुमन स्याङजाको कृष्णगण्डकी गाविसमा जन्मेका हुन भने मञ्जु गुल्मीमा ।
पछिल्लो समय देश तथा विदेशका बिभिन्न स्थानमा हुने स्टेज कार्यक्रममा समेत यि दुईको अत्याधिक माग हुने गर्दछ । बुटवलमा रहेर रेडियो प्रस्तोता हुँदै कला क्षेत्रमा प्रवेश गरेकी मञ्जुको ‘धुँवासरि फैलिएछ कुरो त’ बोलको गीत अझैपनि सर्वाधिक चर्चामा छ । यि दुईलाई स्टेज कार्यक्रममा स्टेज तताउने गायक गायिकाका रुपमा समेत लिइन्छ ।
बाह्रै महिना बिभिन्न स्टेज कार्यक्रममा व्यस्त हुँने खुमनलाई काठमाडौ आउनासाथ रेकर्डिङमा समेत भ्याइनभ्याइ हुने गर्दछ । केही समय अघि सम्पन्न गुल्मी महोत्सव सकेर फर्किने क्रममा उनले भने ‘अहिले विशेष स्टेज कार्यक्रममै व्यस्त छु काठमाडौमा हुँदा रेकर्डिङमै भ्याइनभ्याई हुन्छ, दैनिक रुपमै स्टुडियोमा व्यस्त हुन्छु’ ।
उनको यसअघि आएको ‘फेन्सी पसल’ बोलको गीत अहिले पनि अत्यन्त चर्चाको शिखरमा रहेको छ । यसपटकको सिजनमा बुटबल, गुल्मी, कपिलबस्तु, स्याङजा, तनहुँ, बर्दिया, चितवन, सल्यान, पर्वत, नवलपरासी लगायतका स्थान तथा मलेसियामा समेत आफनो प्रस्तुति देखाउन पुगीसकेका छन् ।















प्रतिक्रिया