मोरङ । कला पत्रकारितामा स्थापित संचारकर्मी सन्तोस राईले म्यूजिक भिडियो निर्देशन तिर हात हालेपछी एक पछी अर्को सफलता पाउदै आएका छन ।
आधा दर्जन नेपाली गीतको म्यूजिक भिडियो तयार गरिसकेका राईले पछिल्लो पटक स्लो पप शैलीको गीत गाउन रुचाउने गायक राम बोगटीको ‘याद आउँछ तिम्रो ….’ बोलको गीतको म्यूजिक भिडियो छायांकन पूरा गरेका छन ।
भिडियो मोरङको केराबारी, पथरी र झापाको वन्डरल्याण्ड स्वीमिङ पुल लगायतको स्थानमा छायांकन गरिएको राईले जानकारी गराए ।
सन्दिप कार्कीको शब्द÷संगीत रहेको उक्त गीतमा कलाकारद्वय करण धिताल र साइरेनु सेनले अभिनय गरेका छन् ।
टिनएजको लभस्टोरीलाई उजागर गरिएको म्यूजिक भिडियो विवेक हिङमाङले छायांकन गरेका हुन् । भिडियो आगामी वैशाखमा प्रिमियर गरिने गायक राम बोगटीले जानकारी गराए ।















प्रतिक्रिया