२९ आश्विन २०८३, बिहिबार

लमजुङ परिवार दक्षिण कोरियाबाट दुई लाख रुपैंया आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lamjung-Korea-Support1

काठमाडौँ । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पुगेका लमजुङेहरुले मेरुदण्ड भाँचिएर उपचाररत एक युवकलाई आर्थिक सहयोग गरेका छन् ।

मेरुदण्ड भाँचिएर काठमाडौँको महाराजगन्जस्थित साहरा केयर अस्पतालमा उपचार गराइरहेका लमजुङ हिलेटक्सार – ४ का मानबहादुर गुरुङ (मनोज) लाई लमजुङ परिवार दक्षिण कोरियाले दुई लाख पाँच सय रुपैंया आर्थिक सहयोग गरेका हो ।
दक्षिण कोरियामा रहेका लमजुङेबाट संकलित सहयोग रकम मंगलबार एक कार्यक्रमका बीच संस्थाका निवर्तमान उपाध्यक्ष भरत बसौला, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव समेत रहेका दैनिक नेपाल डटकमका सम्पादक गणेश पाण्डे लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

गत साउन १ गते टेलिकमको टावर निर्माण गर्ने क्रममा विद्युत सर्ट भई घाइते भएका मनोजको मेरुदण्ड भाँचिएको छ भने उपचारका लागि अझै आर्थिक अभाव रहेको छ । आर्थिक सहयोग गर्न इच्छुकहरुलाई कोरियास्थित लमजुङ परिवारले अपिल समेत गरेको छ ।
हेर्नुस् यो अपिलः

Lamjung-Korea-Support