३ कार्तिक २०८३, मंगलबार

कृष्णसारका संरक्षण अधिकृत सरुवाको विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blackbuck_20130224083906– यज्ञप्रसाद सापकोटा
बर्दिया, १७ चैत । कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका संरक्षण अधिकृत नारायण रुपाखेतीको सरुवाको कृष्णसार संरक्षण क्षेत्रका पीडित जोताहा किसान र कृष्णसार संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले विरोध गरेको छ ।

कृष्णसार संरक्षण क्षेत्रको विकास र वस्ती व्यवस्थापनको काम भईरहेको समयमा विनाकारण संरक्षण अधिकृतको सरुवा गरी काममा अवरोध पुर्याएको भन्दै पीडित किसानले विरोध गरेका हुन् । उनीहरुले अहिले संरक्षण अधिकृतको सरुवा हुनु भनेको काममा अवरोध पुर्याउनु भएको बताएका छन् ।

आज बर्दियाको गुलरियामा पत्रकार सम्मेलन गर्दै कृष्णसार संरक्षण क्षेत्र व्यावस्थापन परिषद्का अध्यक्ष टंकप्रसाद अधिकारीले संविधान सभाका सभाषद् संजय गौतमले व्यक्तिगत र राजनीतिक स्वार्थका कारण संरक्षण अधिकृत रुपाखेतीलाई सरुवा गरेको दावी गरेका छन् ।

उहाँले भन्नुभयो विभागबाट करार पत्र ल्याएका नेपाली काँग्रेसका कार्यकर्तालाई कर्मचारी राख्न नमानेको कारणले संरक्षण अधिकृतलाई सरुवा गरिएको हो ।

लामो समय देखि बसोबास गरीरहेका जोताहा किसानहरुलाई गत चैत ३ गते आयोजना गरीएको कृष्णसार महोत्सवमा सभासद् गौतमले सम्बोधनका क्रममा अबैध बसोबास गरीरहेको भन्ने अभिव्यक्ती दिएकोमा समेत पीडितहरुले आपत्ती जनाएका छन् ।

प्रेस विज्ञप्तीमा संरक्षण अधिकृत नारायण रुपाखेतीको तत्काल बहालीको माग गर्दै कृष्णसार संरक्षण क्षेत्र भित्र बसोबास गरिरहेका जोताहा किसान र भुमिहिन् सुकुम्बासीहरुलाई तत्काल अन्यत्र व्यवस्थित रुपमा स्थानान्तरण गर्नुपर्ने माग गरीएको छ । समयमै माग पुरा नभए थप संघर्षका कार्यक्रम गर्ने कृष्णसार पीडितले कृष्णप्रसाद आचार्य बताएका छन् ।