– अनुज थापा / न्युयोर्क
झरना शेर्पा विगत ५ महिनादेखि विशेषगरी अमेरिकाको न्युयोर्कमा निकै नै चर्चित भइरहेकी छिन् । उनको चर्चा यति व्यापक हुनमा सामाजिक सञ्जाल फेसबुकको मुख्य योगदान छ । अरु जस्तै फेसबुकमा अरुलाई गाली गर्ने, खिसी गर्ने, आफू भन्दा ठूलो कोही होइन जस्तो गरी लेख्ने , आफ्नो फोटोमा लाइक्स र कमेन्ट धेरै आओस् भनेर पारदर्शी लुगा लगाएर फोटो सेसन गराउने जस्तो काम गरेर उनी चर्चामा आएकी होइनन् । उनी त विशुद्ध सामाजिक सेवाका कारण यति चर्चामा आएकी हुन् । फेसबुकलाई सदुपयोग गरेर उनले विगत ५ महिनाभन्दा बढी समयदेखि विभिन्न अभियानको लागि रकम संकलन गरेर नेपाल पठाइरहेकी छिन् ।
समयको मुल्य भएको यो देश अमेरिकामा झरना अरुको लागि समय निकालिरहेकी छिन् । उनले यसो गरेर चर्चित भइन्छ भनेर शायदै यो काम गरेकी हुन् ।
















प्रतिक्रिया