– सन्तोष काफ्ले
धरान, १७ चैत । एचआइभी एड्सको एड्सको चेकजाँचगर्ने प्रक्रिया झन्झिटलो र महंगो भएकै कारण यस्ता विरामीहरुले उपचार नपाइरहेको समयमा दृष्टि नेपालले पूर्वाञ्चल मै पहिलो पटक धरानमा तीन दिने निःशुल्क एचआइभी परीक्षण शिविरको आयोजना गरेको छ ।
नेपालका अस्पतालहरुमा एचआइभी टेष्ट गर्दा झन्झिटलो, महंगो पर्ने र रिपार्ट पर्खन हप्तौ कुनुपर्ने लगायतकाकारणले खुलेर एचआइभी टेष्ट गर्न नसकेकाहरुलाई दृष्टि नेपालले धरानको भानुचौकमा निःशुल्क परिक्षण गरेको हो ।
सन् २०२० सम्ममा २० लाख एचआइभी एड्स रोगीहरुको पहिचान गरी उपचार गराउने लक्ष्य लिएर निःशुल्क परीक्षण गरिएको दृष्टि नेपालकी अध्यक्ष परिना सुब्बाले जानकारी दिनुभयो ।
उहाँले परीक्षणका क्रममा भेटिएका एचाआइभी पोजेटिभहरुलाई उपचारमा लाने र नभएकाहरुलाई समेत संक्रमितहरुलाई राम्रो व्यवहार गर्न सल्लाह समेत दिएको बताउनुभयो ।
उहाँले अस्पतालमा महंगो र रिपार्टका लागि हप्तौ पर्खनु पर्ने झन्झटका कारण सहज र सरल तरिका ढंगबाट पाँच मिनेटमै रिपोर्ट निकालिने भएकोले पनि आजमात्र २ सय भन्दा बढीले परीक्षण गरेको बताउनुभयो ।
उहाँले भानु चौक संगै धरानका विभिन्न उच्चमावि र कलेजमा समेत यो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले धरानको सुनसरी टेक्निकल कलेज र महेन्द्र बहुमुखी क्यापस धरानमा समेत शिविर गरिने बताउनुभयो ।
त्यति मात्रै हैन परीक्षणसंगै दृष्टि नेपालले एचआइभी एड्सबाट बच्ने उपायका विषयमा जानकारी समेत दिने गरेको छ । यस्तो कार्यक्रमले सर्वसाधारणलाई सहुलियतप्रदान गरेको युवा समाज सेवी डम्बर सिंह लिम्बुले बताउनुभयो ।
नेपालमा लागु औषधप्रयोगकर्ता र असुरक्षित यौन सम्पर्क गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको समयमा दृष्टि नेपाललले गरेको यस्तो कार्यक्रमले एचआइभी एड्स निराकरणमा सहयोग पुग्ने उहाँको विश्वास छ ।













प्रतिक्रिया