२९ आश्विन २०८३, बिहिबार

कस्ले जित्ला मिस पूर्वाञ्चल ?, सबै प्रशिक्षार्थी बन्द प्रशिक्षणमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss purwanchal 2015 (1)

– सन्तोष काफ्ले
धरान, १७ चैत । पूर्वाञ्चलकै सबै भन्दा ठुलो सौन्दर्य प्रतियोगिता नेपाल आइस मिस पुर्वाञ्चलको छैठौ संस्करण नजिकिदै जादा उपाधिका होडमा रहेका पुर्वका १४ सुन्दरीहरु उत्साहित भएका छन् ।

एक महिना देखी बन्द प्रशिक्षणमा रहेका उनिहरुले आफ्नो व्यक्तिगत बौद्धिकता सगै सुन्दरतामा समेत निखार आएको वताएका छन् ।
भविष्यमा नायिका बन्ने लक्ष्य लिएकी धरानकी शरुपा थापा मगर मिस पुर्वाञ्चलको लागी बन्द प्रशिक्षण सगै आफुमाआत्मा विश्वास बढेको तथा आफ्नो लक्ष्यमा पुग्न सहजता भएको वताउछिन् ।

उनी मिस मगर नेपाल २०१४को वेष्ट क्याटवक र वेष्ट डान्सको उपाधि विजेता समेत हुन् । धरान स्थित सुनसरी टेक्निकल कलेजमा डिप्लोमा इन फार्मेसी अध्ययनरत झापाकी अनिता थापा नयाँ अनुभव संगै राष्ट्रिय स्थरको सौन्दर्य प्रतियोगितामा सहभागी भई उपाधी हात पार्ने उद्देश्यले मिस पुर्वाञ्चलमा सहभागी भएको वताउछिन् ।

स्वास्थ्य क्षेत्रमा रहेर देशको सेवा गर्न रुचाउने उनले मिस पुर्वाञ्चलमा सहभागी भएर सामाजिक, आर्थिक, पर्यटन संगै स्वास्थ्य क्षेत्रको बारेमा समेत सिक्ने मौका पाएको बताउछिन् । पुर्वका विभिन्न स्थानमा भएका सास्कृतिक कार्यक्रम सगै आधा दर्जन नेपाली चलतित्रहरुमा समेत आफ्नो नृत्य कोैशलतमा देखाइसकेकी धरानकी विद्या चौहान पनि मिस पुर्वाञ्चल २०१५ को उपधीको दौडमा छिन् ।

नृत्य गर्न सकेपनि मास फेस गर्न समस्या हुने गरेको भए पनि मिस पुर्वाञ्चलको प्रशिक्षणमा सहभागी भए सगै आफुलाई लागेको खुलेर बोल्न सक्ने आत्माविश्वास बढेको चौहानको भनाई छ ।

नृत्य सगै अभिनय र गायनमा समेत रुचि राख्ने चौहानको भविश्यमा एक सफल कलाकार बन्ने लक्ष्य रहेको छ । मिस पुर्वाञ्चलमा सहभागी भए सगै आफ्नो लक्ष्य प्राप्तिको लागी सहजता हुने उनको धारणा छ । आफुमा भएको प्रतिभा देखाउन र नया कुरा सिक्न मिस पुर्वाञ्चलमा सहभागी भएको वताउने धरानकी स्मृती श्रेष्ठ पनि प्रशिक्षणले आफ्नो वौद्धिकता सगै सुन्दरतामा समेत निखार आएको वताउछिन् ।

भविष्यमा समाजसेवी बन्ने लक्ष्य लिएकी विराटनगरकी प्रियङ्का श्रेष्ठ मिस पुर्वाञ्चलमा सहभागी सगै आफुमा आत्मा विश्वास बढेका वताउछिन् । व्यवसायी बन्ने लक्ष्य बोकेकी धरानकी पुजा खड्का, पर्यटकीय क्षेत्रको अवलोकन गर्न मन पराउने मोरङकी सामुना लिम्बुयस अघी पनि विभिन्न फेसरन सो मा सहभागी हुनुका साथै मोडलिगं फोटो सेसन समेत गराएकेकी कारण उपाधी हात पार्नेमा विश्वस्त छिन् ।

आधा दर्जन म्युजिक भिडियोका आफ्नो कौशलता देखाइसकेकी झापाकी सञ्जु मल्ल ठकुरी को पनि मिस पुर्वाञ्चल बने सगै आफ्नो लक्ष्य प्राप्तीमा समहयोग पुग्ने विश्वास छ । उनी यस अघि मोडल अफदि इयरको टप ८ फाइनलिष्ट समेत भइसकेकी छन् ।

प्रतियोगितमा सवै क्षेत्रका विज्ञहरुवाट ज्ञान लिन पाएको मा खुसी छन् । मोरङकी साइरा मगर सगै गीत संगित, ट्रमभलिङमा रुची राख्ने झपाकी प्रमिसा वज्रचार्य पनि मिस पुर्वाञ्चल २०१५ को दौडमा छन् ।

मोडल संगै एयर होस्टेज बन्ने सपना बोकेकी प्रमिसा आफ्नो सपना पुरा गराउन मिुस पुर्वाञ्चल प्लेटफर्म हुनेमा विश्वस्त छिन् । सफल मोडल बन्ने लक्ष्य बोकेकी इटहरीकी मिशाल श्रेष्ठ, फोटो सेसनमा रुचि राख्ने उदयपुुरकी स्मिता थापा र धरानकी अनु राई र फोटो ग्राफिमा रुची राख्ने झापाकी लोटस चाम्लिङ समेत मिस पुर्वाञ्चल २०१५कोे उपाधिको होडमा रहेका छन् ।

प्रतियोगितामा झापा वाट मिशाल श्रेष्ठ, सञ्जु मल्ल ठकुरी, प्रनिसा बज्रचार्य, र अनिता थापा,विराटनगर वाट प्रियंका श्रेष्ठ, मोरगं वाटसामुना लिम्बु, साइरा मगर, तथा धरानवाट शरुपा थापा मगर, स्मृती श्रेष्ठ, विद्या चौहान, पुजा खड्का र अनुराई रहेका छन् । अनु राईसंग भने नेपालमा चर्चित गायक हरुको म्युजिक भिडियोमा काम गरेको अनुभव संगै मिस राईमा समेत टप १०मा पर्न सफल भएकाले उपाधी जित्नेमा विश्वस्त छिन् ।

सुनसरीको इटहरी वाट लोटस चाम्लिगं र उदयपुरको गाइघाटवाट स्मिता थापा रहेको मिस पुर्वाञ्चलका कोअडिनेटर विजय थापा मगरले जानकारी दिए । सहभागीहरु धरान स्थित रत्ना इन होटलमा वौद्धिक र सौन्दर्य कलाको प्रशिक्षण सगै क्याटवक प्रशिक्षण लिइरहेका छन् । उनीहरुको प्रतिभा निखार ल्याउन प्रियारानी लामा संगै मिस पुर्वाञ्चल २०१३ को उपाधी विजेता नेहा वजाज कोरियो ग्राफरको रुपमा प्रशिक्षण दिइरहेको छन् ।

फेसन डिजाइनर मनिका अग्रवाल, मेकअप आर्टिस रक्तिम जोसी, पत्रकार प्रदिप मेयाङवो इलाका प्रहरी कार्यलय धरानका प्रहरी नायव उपरीक्षक सुदम कुमार सिजापती, धरानको लागु औषध दूव्र्यसन नियन्त्रयण महत्वपुर्ण भुमिका खेले वापत पुलिस अफ द मन्थ द्वारा पुरस्कृती प्रहरी नायव उपरिक्षक सञ्जय सिंह थापा, पुर्व क्षेत्रिय ट्राफिक कार्यलयका प्रहरी नायव उपरिक्षक बिष्णुहरी कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रदिप कुमार सिंह छन् ।

यस्तै, व्यवसायी तथा नेपाल जेसिजका पुर्व अध्यक्ष भोलेश्वर दुलाल, व्युटिसियन विष्णु सुव्वा, अन्राष्ट्रिय जेसिजका पुर्व उपाध्यक्ष प्राध्यापक राजविमल श्रेष्ठ, प्राध्यापक डाक्टर राजेन्द्र शर्मा, कलाकार तथा सञ्चाकर्मी कशोर थुलुङ, वरिष्ठ नायक शिव श्रेष्ठ, शुक्रबार साप्ताहिक सम्पादक राजन नेपाल तथा नेपाल रिपब्लिका मिडियाका मार्केटिङ डाइरेक्टर सुरेश ढकाल र बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ लगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

आगामी चैत्र २७ गते धरान सभागृहमा हुने प्रतियोगिताको फाइनलमा १४ जना सुन्दरीहरु समभागी रहेका छन् । सिल्भर इन्टरटेण्मेन्टको आयोजनामा हुने प्रतियोगिता मा सहभागी सुन्दरीहरु अहिले शारिरिक व्ययामको लागी धरान स्थित फिट्नेस फ्याक्ट्रीमा जिम गरिहेका छन् ।

२०१० देखी सुरु भएको प्रतियोगिताको फाइनल प्रतिष्पर्धा धरान सभा गृहमा हुन प्रतियोगिताका आयोजक सिल्भर इन्टरटेण्टमेन्ट का निर्देशक सौरभ श्रेष्ठले वताए । प्रतियागिताको विजेताले मिस पुर्वाञ्चलको ताज सहित यामाहा को स्कुटी, उपविजेताले नगद ४० हजार र तेस्रो हुनेले नगद ३० हजार सहित विभिन्न उपहारहरु पाउने उनले जानकारी दिए ।

त्यसै गरी विजेताले मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्ने अवसर पाउने छन् । प्रतियोगिताका विजेता उपविजेता सगै मिस ट्यालेण्ट, मिस भ्युर च्याइस, मिस क्याटवक, वेष्ट चार्मिङ, वेष्ट पर्सानानिटी, वेष्ट फोटोजेनिक हुनले समेत नगद ७/७ हजार नगद पुरस्कार पाउने छन् ।