दिपायल (डोटी), १७ चैत । नेपाली काँग्रेसका नेता पदमराज जोशीको घर कब्जामा संलग्न नेकपा माओवादीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले माओवादीका कार्यकर्ता डोटी गड्सेराका सुरेन्द्र देउवालाई सोमबार पक्राउ गरेको सहायक प्रजिअ जनक शर्माले बताउनुभयो । सुराकीका आधारमा पक्राउ परेका देउवालाई जिल्ला अदालतबाट म्याद थप गरेर मुद्दा चलाइने जिप्रका डोटीले जनाएको छ ।
गत फागुनमा माओवादीले डोटीको दक्षिण क्षेत्रमा पर्ने बिपीनगरस्थित जोशीका घरमा पार्टीको झन्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो । सो घरमा इलाका वन कार्यालय र केही शिक्षक भाडामा बस्दै आएका थिए भने जोशी र उनको परिवार काठमाडौँमा छन् ।
यसैबीच सो पार्टीको जिल्ला कमिटीले सचिवालय सदस्य देउवाको बिनासर्त रिहाइको माग गर्दै रिहाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । रासस















प्रतिक्रिया