२९ आश्विन २०८३, बिहिबार

कञ्चनपुरको बेलौरीमा १५ शैयाको अस्पताल निर्माण हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-health-day-1-copy-copyमहेन्द्रनगर, १७ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।

बेलौरी क्षेत्रका जनताले लामो समयदेखी अस्पताल निर्माणको माग राख्दै आएका थिए । अस्पताल निर्माण गर्ने सन्दर्भमा स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागको टोली बेलौरी पुगेर स्थलगत अध्ययन समेत गरेको छ ।

सो क्षेत्रमा अस्पताल सञ्चालन गर्न के कति उपयुक्त छ भन्ने विषयमा स्थलगत रुपमा टोली आएर अध्ययन गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक बलबहादुर महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय स्तरमा छलफल गरी सञ्चालन गर्न आवश्यक भएको निर्णय गरेपनि आधिकारीक रुपमा मन्त्रालय तथा विभागले स्विकृति दिएमा बेलौरीमा १५ शैयाको अस्पताल निर्माण हुनेछ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले समेत हरेक वर्ष हुने जिल्ला परिषदमा सो क्षेत्रमा अस्पताल निर्माण हुनुपर्ने माग राख्दै आएको थियो ।