३ कार्तिक २०८३, मंगलबार

नुवाकोटको बट्टार बसपार्कबाट दिनदहाडै चार लाख लुटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nb-bankत्रिशूली (नुवाकोट), १७ चैत । नुवाकोटको बट्टारमा रहेको बसपार्कबाट एक वृद्धको रु चार लाख लुटिएको छ ।

रसुवाको डाँडागाउँ–७ खड्कुका ६३ वर्षीय हर्कबहादुर तामाङको साथबाट आज दिउँसो रु चार लाख लुटिएको हो । बट्टारमा रहेको नेपाल बङ्गलादेश बैंकबाट निकालेको रु तीन लाख र रु एक लाख आफ्नो साथमा भएको रकम लुटिएको पीडित तामाङले बताउनुभयो ।

बैंकबाट पैसा लिएर निस्केपछि एक अपरिचित युवकले “यहाँ भीड छ, बस पाइँदैन, उता बसपार्कबाट बस चढौँ” भन्दै डेढ किलोमिटर पर बसपार्कसम्म हिँडाएर झोलामा रहेको रकम लुटेर भागेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

बैंकको सिसीक्यामेराको फुटेज हेर्दा दिउँसो ११ः४५ बजे बैंकबाट वृद्ध तामाङले रकम निकाल्दा कोही शङ्कास्पद युवकले पछ््याएको नपाइएको प्रहरीले जनाएको छ । प्रहरीले पीडितले बताएको हुलियाअनुसारको व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

त्रिशूली थ्री बी आयोजनाबाट जग्गा अधिग्रहणको रकम उहाँले अर्को स्थानमा जग्गा खरिद गर्नका लागि बैंकमा लिन आएको पीडित तामाङले बताउनुभयो । रासस