काठमाडौँ, १७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान रौतहटको चन्द्रनिगाहपुरस्थित नेपाल विद्युत् प्राधिकरण शाखाबाट घूस लिँदालिँदै एकजना कर्मचारीलाई पक्राउ गरेको छ ।
उक्त कार्यालयका सुपरभाइजर उमेशकुमार यादवले सोही जिल्लाको रङ्गपुरस्थित राहुल राइस मिललाई ‘थ्री फेज’ विद्युत्लाइन जडान गर्न रु एक लाख ५० हजार लिइरहेका बेला आयोगको टोलीले पक्राउ गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले राससलाई बताउनुभयो ।
अभियुक्तलाई आयोगको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । मिलका सञ्चालक वैजु साहले उक्त रकम दिएका थिए । रासस















प्रतिक्रिया