काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले पाकिस्तानी नायकसँग ‘किस रोमान्स’ गर्न लागेको खबर सार्वजनिक भएको छ ।
भारत र पाकिस्तानबीच सम्बन्ध विग्रिरहेको अवस्थामा समेत भारतकी नायिका आलियाले पाकिस्तानका फेमश कलाकार फवाद खानसँग ‘किस रोमान्स’ गर्न लागेकी हुन् । यो अवसर करन जौहरको चलचित्र ‘कपूर्स एंड संस’ले जुराएको हो ।
यो चलचित्रमा अभिनेत्री आलियाले फवादसँग चुम्बन सँगै रोमान्स गर्ने बताइएको छ । चलचित्रमा आलिया फवादसँगै नायक सिद्धार्थ मलहोत्राले पनि अभिनय गर्दैछन् ।
खबरअनुसार चलचित्र प्रेम कथामा आधारित छ । आलिया पहिलो पटक पाकिस्तानी नायकसँग काम गर्न लागेकी हुन् । यो चलचित्रका लागि आलियाको किस नयाँ भने होइन् ।
उनले आफ्नो पहिलो चलचित्र ‘स्टूडेंट ऑफ द ईयर’ मा पनि २ पटक किस गरेकी थिईन् । टु स्टेट्समा पनि उनले नायकलाई किस गरीसकेकी छिन् । एजेन्सी















प्रतिक्रिया