३ कार्तिक २०८३, मंगलबार

संविधान दिन नसकेपछि जनताको दैलोमा पुगी माफी माग्दै सभाषद्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwanरौतहट, १७ चैत । दोस्रो संविधानसभाबाट संविधान दिन नसकेपछि रौतहटका सभाषद् माफी माग्न जनताको घरदैलोमा पुगेका छन् ।

जिल्लामा चलिरहेको खुल्ला दिसामुक्तको अभियान पारेर सभाषद्हरुले माफी माग्ने गरेको स्थानीयले बताएका छन् ।

आगामी वैशाख मसान्तसम्म फतुवा हर्षाहा गाविसलाई खुल्ला दिसामुक्त गाविस गराउने उद्देश्यले रौतहट क्षेत्र नं ५ का सभासद् जितेन्द्र यादव, सुनिलसहित विभिन्न राजनीतिक दलका कार्यकर्ताको सहभागितामा घरदैलो अभियान गरिएको हो ।

माफी माग्दा सभाषद्हरु संविधान बनाउन सकेनौं । शिर्ष नेताहरुले बन्न दिएनन् । हामीलाई माफ गर्नुहोस् भन्ने गरेका छन् । फतुवा हर्षाहा गाउँ सरसफाइ तथा स्वच्छता समन्वय समितिको सक्रियताले रौतहटमा अहिले घरदैलो कार्यक्रम सञ्चालन भइराखेको छ ।

त्यही मौकामा जनताका घरघरमा पुगी सभासद् यादवले शौचालय निर्माण गर्ने तथा संविधान बनाउन नसकेको भन्दै माफी समेत माग्दै आएको स्थानीय नेता जितबहादुर यादवले बताए ।