अछाम १७ चैत । अछामममा प्रहरीका सब–इन्सपेक्टरले महिला स्वास्थ्यकर्मीमाथि बलात्कार गरेर हत्या गरेको आरोप लागेको छ ।
हत्याको आरोप लागेपछि पीडित परिवारले दिएको जोहरी जिल्ला प्रहरी कार्यालय अछामले दर्ता गर्न आनाकानी गरेको छ ।
अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक धनवीर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेको बिषयमा किटानी जाहेरी सहित उजुरी गर्दा समेत जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता नगरेको पीडित परिवारले बताएका छन् ।
जिल्लाको रानीवन उपस्वास्थ्यचौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई प्रहरी सहायक निरीक्षक धामीले उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या गरेका पीडित पक्षको किटानी जाहेरीमा उल्लेख गरिएको छ । पीडित परिवारका अनुसार असई धामीले ४६ वर्Èकी अनमी जैसीमाथि लामो समयदेखि हिंसा गर्दै आएका थिए ।
असई धामीले गत २८ फागुनको मध्यराति अन्दाजी ४ बजे जैसीकै घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरी हत्या गरेको मृतकका छोरा धनञ्जय न्यौपानेले जाहेर गर्न खोजेको उजुरीमा उल्लेख गरिएको छ ।
फागुन २८ गतेको भोलीपल्टदेखी खोजतलास गर्दा यहि चैत्र ११ गते बिहान भैरवस्थान गाविसको स्यालाघाटमा कलादेवीको लास फेला परेको जनाईएको छ ।
घट्नावारे आफु स्थलगत रुपमै गएर अनुसन्धान गर्ने तबसम्म मुद्दा दर्ता गर्न नसकिने अछामका डिएसपी दिलिप देउवाले बताएकोे जिल्ला बार ईकाई अछामका अध्यक्ष तथा अधिवक्ता कृष्णप्रसाद ढुंगानाले बताए ।
मृतक जैसीको लास जिल्ला अस्पताल अछाममा यही चैत्र ११ गते पोष्टमार्टम गरी १२ गते अन्त्यष्टि गरीसकेको मृतकका परिवारजनले बताएका छन ।
असई धनविरसिंह धामीले मृतक जैसीलाई फागुन २१ गते स्थानिय रंगे कामीको घरमा औषधी दिन गएको मौकामा मरणासन्न हुनेगरी कुटपिट गरेको समेत जनाईएको छ ।
घटनाबारे प्रहरी सहायक निरीक्षक धनवीर सिंह धामीले मृतकका छोरा धनञ्जय न्यौपानेलाई पटकपटक घट्नाबारे मुद्दा नगर्न पैसाको लोभ देखाईरहेको समेत खुल्न आएको छ ।
















प्रतिक्रिया