२९ आश्विन २०८३, बिहिबार

गगन थापाले जनसम्पर्क समिति बेल्जियमको अन्तरक्रियामा भाग लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo 2बेल्जियम । नेपाली जनसंपर्क समिति बेल्जियमको आयोजमा नेपालको संविधान लेखन प्रक्रियाका बारेमा नेपाली काँग्रेसका नेताद्धय धनराज गुरुङ्ग र युवा नेता गगन थापाको उपस्थितमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रम २८ मे मा बेल्ज्यिमको स्थानिय शहर लुभेनमा भएको हो । कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै धनराज गुरुङ्गले राजनैतिक स्थायित्व पश्चात १५ वर्षमा नै देशको आर्थिक कायापटल हुने बताए ।

त्यस्तै विशिष्ट अतिथी गगन थापाले सबैको भावना र मर्मको संबोधन हुने तथा कसैको भावनालाई पनि ठेस पुर्याउन नहुने बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाली जनसंपर्क समन्वय समिति युरोपका अध्यक्ष दिल बहादुर गुरुग, नेपाली जनसंपर्क समितिका संस्थापक धुर्व पौडेल, पुर्व अक्ष्यक्ष इन्द्र क्षेत्री पकवान, निवर्तमान अध्यक्ष गंगाधर गौतम, नेपाली जनसंपर्क समिति जर्मनीका अध्यक्ष शरण केसी, नेपाली प्रवासी मंचका अर्जुन गुरुङ्ग, नेपाली जनप्रगतिशिल मंचका चित्र सुवेदी, नेपाली जनप्रगतिशिल मोर्चाका कुल मगर, राप्रपा नेपाल प्रवास समितिका सचिव दिपेन्द्र केसी, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष वाबुराजा लामा लगायतले आफ्ना भनाइहरु राखेका थिए ।

photo 1बक्ताहरुको मन्तव्य पश्चात कार्यक्रम खुल्ला अन्तरक्रियामा प्रवेश भएको र धेरै जिज्ञासा तथा प्रश्नोत्तर गरिएको थियो । कार्यक्रममा बेल्जियमा रहेका नेपाली संघसंस्थाहरु तथा उल्लेख्य संख्यामा नेपाली समुदायको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली जनसंपर्क समिति बेल्जियमको आतिथ्यतालाई स्वीकार गरि सहभागी प्रमुख अतिथी धनराज गुरुङ्ग, विशिष्ट अतिथी गगन कुमार थापा र कार्यक्रम लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्ने बेल्जियम स्थित सबै नेपाली संघसंस्था, डायस्पोरामा रहेका नेपाली संघसंस्था तथा जनसंपर्क समिति बेल्जियमका कार्यसमितिलाई नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सन्तोस जोशी सुवासले हार्दिक आभार तथा धन्यबाद ज्ञापन गरेका छन् ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सन्तोस जोशी सुवासको अध्यक्षतामा संपन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष कृष्ण शाही, धन्यबाद ज्ञापन उपाध्यक्ष योगेन्द्र श्रेष्ठ, अतिथीलाई व्याज वितरण उपाध्यक्ष अनुजा प्रधानले गरेकी थिइन् ।

कार्यक्रमको व्यवास्थापन सहमहामन्त्री सुवास गुरुङ्ग र कार्यक्रमको आर्थिक व्वस्थापन कोषाध्यक्ष दिनेश भण्डारीको संयोजकत्वमा गरिएको थियो ।

सामाजिक सञ्जालहरुमा कार्यक्रमका बारेमा नकरात्मक टिप्पणी देखिएता पनि कार्यक्रम सभ्य रुपमा सम्पन्न भएकाले बेल्जियका नेपालीबासीहरुबीच आपसी सद्भाव र सहिष्णुता रहेको चर्चा परिचर्चा नेपाली समुदाय बेल्जिय तथा डायस्पोरामा रहेका नेपालीबीच चलेको छ ।
कार्यक्रमको सञ्चालन महामन्त्री शालिक गौतमले गरेका थिए ।
यो पनि पढ्नुहोस्
कालो झण्डा देखाउँदै युवा नेता गगन थापामाथि आक्रमण (हेर्नुस् भिडियो)