काठमाडौं । लुटपाट तथा चोरी डकैती गर्ने गिरोहलाई सखाप पार्दै आएका ‘लुटेरा’का डनले आगामी भदौ ११ मा नेपाल कब्जा गर्ने घोषणा गरेका छन् ।
विभिन्न समयमा चर्चित रहँदै आएका डनले योजनाबद्ध तरिकाले आगामी भदौ ११ मा नेपाल कब्जा गर्ने जनाएका छन् । ‘लुटेरा’का डन चर्चित नायक निखिल उप्रेतीले आगामी भदौ ११ मा नेपालका सिनेमा घर कब्जा गर्ने भएका हुन् ।
नायक निखिलको मुख्य भुमिका रहेको चलचित्र ‘लुटेरा’ आगामी भदौ ११ गते प्रदर्शनमा आएर नेपालका सबै सिनेमा हल कब्जा गर्न लागेको हो । चलचित्रका निर्माता गोपाल कायस्थले फिल्म आउँदो भदौ ११ गते देखि नेपालभरी प्रदर्शनमा आउने बताउनुभयो ।
जनै पूर्णिको अवसर पार्दै भदौ ११ मा फिल्म ‘लुटेरा’ प्रदर्शनमा ल्यादैछ । एक्सन स्टार निखिल उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘लुटेरा’ लाई दयाराम दाहालले निर्देशन गरेका छन् ।
चलचित्रमा निखिलसँगै निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अमित श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा निखिलले काठमाडौं सँगै विरगञ्जका लुटेराका डन रुपमा प्रस्तुत हुनेछन् ।















प्रतिक्रिया